लप्सेखोलाको बाढीले मध्यपहाडी बगाउदा सडक अबरुद्ध

  • प्रकाशित मितिः जेठ 28, 2083
  • 223 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २९–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित लप्सेखोलामा आएको बाढीले सडक बगाउदा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । जेठ २८ गते साँझ ७ बजे आएको बाढीले सडक बगाउदा यातायात अबरुद्ध भएको हो ।
सडकभन्दा माथिबाट झरेको पहिरो सहितको बाढीले करिब ५० मिटर सडक बगाएको छ । अहिले उक्त ठाउँमा वारि–पारि गर्न सक्ने अवस्थासम्म नभएको स्थानीय शिक्षक दिलीप रोदुङले बताएका छन् । बाढीले सडक बन्नुअघिको अवस्थामा पुगेकाले सडक सुचारु हुन समय लाग्ने रोदुङको भनाइ छ ।
सडक अबरुद्ध भएपछि पूर्वका जिल्लाहरूबाट मध्यपहाडी हुदै काठमाडौं जानेहरू अलपत्र परेका छन् भने पूर्व जानेहरू पनि बाटोमै रोकिएको प्रहरीले जनाएको छ । सडक सुचारु गराउन मध्यपहाडी लोकमार्ग र सडक विभागका प्राविधिक टोली उक्त ठाउँमा पुगेका छन् । दोबेला र निर्मलीडाडाँका प्रहरी लगायत स्थानीयले वारि–पारिबाट अनुगमन गरिरहेको स्थानीय कृष्णबहादुर बुढाथोकीले बताए । गत जेठ २२ गते पनि उक्त ठाउँमा बाढीले सडक बगाएको थियो । बगाएको भोलिपल्ट दिनभर लगाएर सडक सुचारु गरिएको थियो । उक्त ठाउँमा निर्माणाधीन पुल अलपत्र परेपछि सडक अबरुद्ध हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित