सविना अछामे–
खोटाङ, पुस २७–खोटेहाङ गाउ“पालिका–५ चिप्रिङमा स्वास्थ्यचौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुःननिर्माण जिल्ला कार्यान्वयन इकाई भवन ओखलढुङगाको अनुदानममा निर्माण गरिएको भवन उद्घाटन गरिएको हो ।
एक करोेड ८२ लाख रुपैया“को लागतमा निर्माण गरिएको १० कोठे दुई तले भूकम्प प्रतिरोधी भवन माघ २६ गते गाउ“पालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले क्षतविक्षत भएका विद्यालय, स्वास्थ्यचौकी, प्रहरीचौकी एबम् निजी आवास पुःननिर्माण अभियान अन्तरगत स्वास्थयचौकी चिप्रिङको पक्की भवन निर्माण गरिएका हो । भुई तलामा बनाइएको सात कोठा सेवा प्रवाहका लागि तथा माथिल्लो तलाको तीन कोठा स्वास्थयकर्मीको आवाशीय प्रयोजनका लागि उपयोग गरिने गाउ“पालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७४ चैत २ गते टेण्डर गरी २०७५ असोज १ गते संझौता गरिएको थियो । उक्त भवन पुष्पाञ्जली कन्ट्रक्सनले निर्माण गरेको हो । गत २०७७ मङ्सिरमा सम्पन्न गर्ने गरी संझौता गरिए पनि कोरोना महामारीका कारण माघमा सम्पन्न भएको गाउ“पालिका अध्यक्ष राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित