सविना अछामे–
खोटाङ, पुस २७–खोटेहाङ गाउ“पालिका–५ चिप्रिङमा स्वास्थ्यचौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुःननिर्माण जिल्ला कार्यान्वयन इकाई भवन ओखलढुङगाको अनुदानममा निर्माण गरिएको भवन उद्घाटन गरिएको हो ।
एक करोेड ८२ लाख रुपैया“को लागतमा निर्माण गरिएको १० कोठे दुई तले भूकम्प प्रतिरोधी भवन माघ २६ गते गाउ“पालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले क्षतविक्षत भएका विद्यालय, स्वास्थ्यचौकी, प्रहरीचौकी एबम् निजी आवास पुःननिर्माण अभियान अन्तरगत स्वास्थयचौकी चिप्रिङको पक्की भवन निर्माण गरिएका हो । भुई तलामा बनाइएको सात कोठा सेवा प्रवाहका लागि तथा माथिल्लो तलाको तीन कोठा स्वास्थयकर्मीको आवाशीय प्रयोजनका लागि उपयोग गरिने गाउ“पालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७४ चैत २ गते टेण्डर गरी २०७५ असोज १ गते संझौता गरिएको थियो । उक्त भवन पुष्पाञ्जली कन्ट्रक्सनले निर्माण गरेको हो । गत २०७७ मङ्सिरमा सम्पन्न गर्ने गरी संझौता गरिए पनि कोरोना महामारीका कारण माघमा सम्पन्न भएको गाउ“पालिका अध्यक्ष राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–केपिला... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–यो वर्ष... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–दिक्ते... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १२–जन्तेढ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–खोटेहा... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित