खोसेलाबाट आकर्षक सामग्री

  • प्रकाशित मितिः माघ २२, २०७७
  • 1003 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ २२–हलेसी तुवाचुङ नगरपालिकामा मकैको खोसेलाबाट आकर्षक सामाग्री बनाउ“न एक महिने तालिम सुरु गरेको हो । स्थानीय महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउ“ने उद्देश्यले  नगरपालिकाले ‘गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत खोस्टाबाट जुत्ता, चप्पल, लेडिज ह्याण्ड ब्याग, हयट, पूजाका सामाग्री बोक्ने ढाकी लगायतका सामाग्री उत्पादन गर्ने तालिम दिन सुरु गरेको हो । 
मकैको खोसेला गाइवस्तुलाई खुवाउ“न उपयोग भइरहेको खोस्टाबाट आकर्षक र उपयोगी सामाग्री उत्पादन गर्ने तथा विक्री वितरण गर्दै आम्दानीको दीगो श्रोत बनाउ“न हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आयोजना गरिएको तालिम माघ २० गते नगरप्रमुख इवन राईले उद्घाटन गरेका हुन् । 
लघु उद्यमसम्वन्धी ८ दिनको तालिम दिएपछि उनीहरुलाई पुःन खोसेलाको सामग्री बनाउ“ने सीप विकास तालिम दिन सुरु गरिएको हो । दोश्रो चरणमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा मकैको खोसेलाबाट सामाग्री निर्माण गर्ने तालिम सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख राईले बताए । 
त्रिधार्मिकस्थल हलेसीमा आउ“ने तीर्थालुले हलेसीको चिनोका रुपमा खोस्टाको आकर्षक सामाग्री खरिद गरेर लैजाने वातावरण बनाउ“ने उद्देश्यले तालिम दिन सुरु गरिएको हो ।
खोस्टाबाट उत्पादित सामाग्रीको मुल्य नगरपालिकाले निर्धारण गर्ने बजारीकरणमा सहयोग गर्ने हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले बताइन् । खोस्टाबाट निर्माण गरिएको सामाग्री छिमेकी देश चिनसम्म निर्यात गर्ने उद्देश्य राखिएको राईले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित