खोटाङमा पहिलो चरणमा एक हजार छ सय १८ जनालाई कोरोना खोप दिइने

  • प्रकाशित मितिः माघ 13, 2077
  • 1235 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ १३–जिल्लाका एक हजार छ सय १८ जनालाई कोभिड–१९ विरुद्घको खोप दिइने भएको छ । पहिलो चरणमा अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षकर्मी, स्वयंसेविका, एम्बुलेन्स् तथा शव वाहन चालक, सरसफाइमा संलग्नलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने भएको हो ।
कोभिड–१९ विरुद्घको खोप कार्यक्रम समन्वय र अनुगमन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा माघ १२ गते जिल्ला अस्पतालमा बसेको बैठकले माघ १५ गतेदेखि माघ २० गतेसम्म कोभिड–१९ विरुद्घको खोप दिने निर्णय गरेको हो ।
कोभिड–१९ विरुद्घको खोप माघ १४ गते जिल्ला आइपुग्ने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङको प्रमुख अतिथ्यतामा भएको बैठकले जिल्ला अस्पतालका मेडिकल अधिकृतको नेतृत्वमा एइएफआई टिम गठन गर्ने, एइएफआई टिम व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देललाई कोभिड– १९ विरुद्घको खोप व्यवस्थापन प्रवक्ता तोक्ने लगायतका निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित