दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले कृषि तथा पशु विकास कार्यक्रमको बजेट बा“ड्यो

  • प्रकाशित मितिः माघ १२, २०७७
  • 958 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ १२– दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले चालु आर्थिक वर्ष सञ्चालन गरिने कृषि तथा पशु विकास कार्यक्रमको बजेट बा“डफा“ड गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को गाउ“सभाले कृषि तथा पशु विकास कार्यक्रमका लागि गाउ“सभलाले एकमुष्ट विनियोजन गरेको ५० लाख बजेटलाई विभिन्न २३ वटा शीर्षकमा खर्च गर्नेगरी ‘ब्रेकडाउन’ गरेको हो ।
गाउ“पालिकाको कृषि विकास समितिको माघ १० गते बसेको वैठ्कले चालु आर्थिक वर्ष सञ्चालन गरिने कृषि तथा पशु विकास कार्यक्रमको तर्जुमा गरेको गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए । गाउ“पालकाले बीउ विजन बैंक अनुदान कार्यक्रम ९५ (प्रतिशत) अनुदानका लागि एक लाख पचास हजार, मौरी पालन सम्वन्धी तालिमका लागि एक लाख, बोडोमिश्रण तथा बोर्डो पोष्ट बनाउनका लागि निलोतुथो र चुना खरिद कार्यक्रमका लागि ४५ हजार, वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशीलता विकास कार्यक्रम ९५ (प्रतिशत अनुदान)का लागि तीन लाख, स्वदेशमा रहेका युवालाई उद्यमशीलता विकास कार्यक्रम ९५ (प्रतिशत अनुदान )का लागि तीन लाख, पचास हजार थिया खेतीसम्वन्धी तालिमका लागि एक लाख २० हजार, बङ्गुर पालन कार्यक्रम ९५ (प्रतिशत अनुदान) का लागि छ लाख पचास हजार विनियोजन गरिएको छ ।
यस्तै रासायनिक मल ढुवानी अनुदान कार्यक्रमका लागि १० लाख, किटनासक, ढुसीनाषक, विषादी तथा भिटामिन खरिद कार्यक्रमका लागि छ लाख उपचार सेवा (औषधि तथा खोप महामारी रोग नियन्त्रण कार्यक्रम)का लागि तीन लाख प्लाष्टिक पोखरीको प्लाष्टिक वितरणको कार्यक्रका लागि एक लाख, पशु कार्यक्रमका लागि सामाग्री खरिदमा दुई लाख, विपन्न तथा सिमान्तकृत महिला किसानलाई कृषि उद्यमशीलता विकासका लागि अनुदान (९२ प्रतिशत अनुदान) का लागि तीन लाख पचास हजार, कृषि तथा पशु विमासम्वन्धी दुई दिने तालिम अभिमुखीकरणका लागि एक लाख लगायतका कार्यक्रम तय गरिएको गाउ“पालिकाको कृषि विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित