विप्लव माओवादीले पु¥याउनु पर्ने विचार

  • प्रकाशित मितिः असार १६, २०७५
  • 1396 पटक पढिएको
  • संवादताता

'...सत्यतालाई बुझेर पनि संसारमा साम्यवाद एक स्वादिलो तर हुननसक्ने परिकल्पना मात्र हो भन्ने कुरा सबै कम्युनिष्टहरुले बुझ्न जरुरी छ ।'

धनिराम राई-
‘कम्युनिष्ट’ शब्दलाई राम्ररी अर्थपूर्ण ढङ्गबाट बुझ्ने हो भने जो कोहिलाई यो शब्द प्रिय लाग्छ । कम्युनिष्ट बन्नु राम्रो हो जस्तो लागिहाल्छ । तर रहरले र लहडले कम्युनिष्ट बन्न सकिदैन । कम्युनिष्ट बन्न सजिलो पनि छैन । त्याग, समर्पण, बलिदान, कठोर संघर्ष, धर्मपरायणता जस्ता गुणविना कम्युनिष्ट बन्ने कल्पना, कल्पनामै सीमित हुन्छ । तर नेपालमा जहा“धेरै भ्रष्ट्रचारी, चोर, ढा“ट, ठगी र दूराचारीहरु अनि विभेदकारीहरु छन् त्यही कम्युनिष्टको बिल्ला बोक्नेहरु बढी छन् । लाग्छ कम्युनिष्टको अर्थ कतै अवसरवादी, ठगी, भ्रष्टचारी, माफियाखोर, अराजक, चोर र ढा“ट भन्ने त होइन ? भन्ने कम्युनिष्ट गर्ने सामन्तनिष्ट । हालसम्मका सबै कम्युनिष्ट आन्दोलन मुक्तिकै लागि भनेर सुरु गरिए पनि सीमित नेताहरुको सत्तारोहन र सम्पत्ति बटुल्ने लक्ष्यमा टुङ्गिएको देखिन्छ । झापाको एक साधारण परिवारमा जन्मेका खड्गप्रसाद ओलीले कुनै जागिर त खाएनन् होला । राजनीतिमै उनको समय बितेको हुनुपर्छ । तर उनको अहिलेको बालकोट दरबार हेर्दा उनले निक्कै ठूलो धनरासी जोडेको देखिन्छ । 
२०५१ सालअधि सिलबरे थालवाला चितवनका शिक्षक पुष्पकमल दाहाल १० वर्षे द्वन्द्वमा १७ हजार सर्वसाधारणको बली चढाएर ६ करोडको महलमा बस्छन् । उनले लगाएको घडी चर्चा र उनको सुत्ने गरेको खाट चर्चा पनि भाइरल बनेकै हो । कृष्णबहादुर महराको विशाल आकाश छुने घर पनि पसिनाले कमाएको त पक्कै होइन । १० वर्षे द्वन्द्वकालमा जबरजस्ती उठाएको पैसा, लुटेको सम्पत्ति कहा“ थन्किएको छ, खोजी किन हुन सकेको छैन ? २०७५ बैशाख १७ मा अन्नपूर्ण एफएमलाई आफ्नो विचार दिदै गर्दा माओवादी नेता अग्नि सापकोटाले एक दुई जना नव सामन्त अनुहार देखिन्छ माओवादीभित्र भनेर स्वीकारे । माओवादी द्वन्द्वकालमा सर्वसाधारण जनतामाथि जबरजस्ती गर्ने, भाटेकारबाही गर्ने, हात खुट्टा भा“च्ने, गोली ठोक्ने जस्ता जुनजुन काम गरियो, तिनले कम्युनिष्ट आन्दोलन बदनाम बन्न पुग्यो । चिनका कम्युनिष्ट नेता माओत्जेदुङको नामबाट आफ्नो पाटीको नाम माओवादी राख्नेहरुले उही माओले भन्नु भएको ‘जनताको घरबाट सियो पनि सित्तैमा नलेऊ’ भन्ने वाणीलाई ख्यालै गरेनन् र माओवादी बदनाम गर्ने गरी जनतालाई जबरजस्ती गरे, लुट्पाट गरे, अङ्गभङ्ग पारे र हत्या गरे । यस कुरालाई साचो माओवादी हो भन्ने नेत्रविक्रम चन्दको नेतृत्वको माओवादी विप्लवले राम्ररी विचार गरी हिजो पुष्पकमलहरुले कहा“कहा“ गल्तीगरे पत्ता लगाएर त्यो गल्तीबाट अक्षुण रहनु सक्नु पर्छ । माओवादी विप्लवले मात्र होइन कुनै पनि राजनीतिक दलले जनभावनालाई कदर गर्न सकेन भने त्यो दललाई जनताले आफ्सेआफ तिरस्कार गर्छन । अहिलेसम्मका कम्युनिष्ट दलहरुले जत्तिसुकै जनजिविकाको लागि समाजवाद हुनै साम्यवादको लागि संघर्ष गर्ने भने पनि अन्तमा नेताको स्वार्थको लागि ति सबै संघर्ष टुङ्गिएका छन् । पुष्पकमल दाहाल र खड्गप्रसाद ओली प्रधानमन्त्री भएपछि र विद्यादेवी भण्डारी राष्ट्रपति हुनासाथ राजनीतिक क्रान्ति सकियो भन्नुको अर्थ कम्युनिष्टहरुले गरेको आन्दोलन र संघर्ष त केही नेताहरुलाई कुर्सीमा पु¥याउनु मात्रै रहेछ । नेपालमा जातीय विभेदको चरम अवस्थालाई समाधान गर्न बल्ल बल्ल आवाज उठ्न मात्र सुरु भएको छ । जातीय अन्तरविरोधको आवाज बुलन्द हुन बा“की छ । त्यसपछि वर्गीय अन्तरविरोधको कुरा पनि आउ“छ नै । यस्तो अवस्थामा राजनीतिक क्रान्ति सकियो भनेर आफ्नो सत्ता र कुर्सीको आयु लम्ब्याउने एक सूत्रीय स्वार्थलाई सम्पूण न्यायप्रेमी नेपालीले बुझ्न जरुरी छ र माओवादी विप्लवले यो जातीय अन्तरविरोधको कुरालाई समेत सम्वोधन हुन्छ भनी आवश्वासन बा“डेर नै उनीहरुको दलप्रति जनताको चासो बढेको थियो । तर त्य आश्वासन आश्वासनमै स्ीमित रह्यो जनतामाथि ठूलो धोका भयो ।
रातभर रक्सी भट्टीमा समय बिताउने मान्छेलाई विहान उज्यालोमा पनि रक्सीको ह्याङ ओभर भएजस्तै १० वर्षे द्वन्द्वको नकारात्मक असरहरु आज पनि जनताको दिमागबाट हट्न सकेको छैन । आज पनि माओवादीको बन्द अरे, भन्ने हल्ला मात्र चल्यो भने विद्यालय महाविद्यालय, पसल, बाटो सबकासव बन्द हुन पुग्छ । यसरी भएको बन्दलाई माओवादीले मात्र होइन कुनै पनि दलले जनताको समर्थन हो भनेर बुझ्नु हुन्न । हिजोको आवस्थामा बन्दलाई समर्थन नगर्दाको परिणामहरु भाटेकारबाही, तोडफोट, अपहरण, शारीरिक यातना र हत्यासम्मको ह्याङओभर आज पनि यथावत छ । बन्दको विरोध गरेमा वा समर्थन र्ने मात्र नगर्दा पनि आइलाग्ने जटिलताको सामना गर्नु भन्दा पहिले सतर्कता हुनु नै राम्रो भनेर जतिसुकै घाटा र बन्दप्रति जतिसुकै घृणा भए पनि चुपचाप बन्दको समर्थन गरेझै गर्ने जुन परम्परा छ यस परम्परालाई तोड्न र बन्द गर्नै पर्ने भएमा जुन चाहना र जुन समर्थनको आधारमा मात्र बन्द गर्नेतर्फ विप्लव माओवादीले विचार पु¥याउ“नुपर्छ ।
अर्को विचार पु¥याउ“नु पर्ने कुरा के हो भने राजनीतिक कार्यकर्तालाई साचो र सत्य कुरा विश्वास दिलाउन सक्नु पर्छ । हिजो पुष्पकमल दाहालहरुले जस्तो झुक्याउनु हुन्न । साच्चै समाजवाद आउछ, हेपिएका दबिएका वर्गहरुको हक, अधिकार स्थापित हुन्छ भन्ने आशाले जीवन वलिदान गर्न तयार भएका कार्यकर्ताहरु आज हजारौंको संख्यामा बिचल्ली भएका छन् र घर न घाटको जीवन बिताइरहेका छन् । एकातिर राजनीतिक कार्यकर्ताहरुलाई बिचल्ली पार्ने काय गर्नुहुन्न भन्ने अर्कोतिर पुष्पकमल दाहालहरुले जस्तो पार्टी ठूलो बनाउने नाममा खराव आचारण भएका, राजनीतिक नीति र सिद्धान्त नबुझेकाहरुलाई जिम्मेवार कार्यकर्ता बनाउन हुन्न भन्ने कुरा पनि विप्लव माओवादीहरुले विचार पु¥याउ“नु पर्छ ।
यसैगरी अन्य सानातिना कुराहरुको अतिरिक्त माओावदी विप्लवले मात्र हैन सबै कम्युनिष्ट हौ भन्ने दलले अब जनतालाइई भ्रममा राखेर कम्युनिष्ट क्रान्ति पूरा गर्ने भनेर लागेमा त्यो अन्ततः अभिशापमा परिणत हुने कुरातर्फ ध्यान पु¥याउ“नुपर्छ । कम्युनिष्टको खास अर्थ र कम्युनिष्ठ आन्दोलनको बाटोबाट पुग्न सकिने स्थान र पुग्न परिकल्पना गरिएको स्थानबारे जनतालाई नढाटीकन स्पष्ट पारेर मात्र कम्युनिष्ट हुन भन्न पर्ने हुन्छ । गुमराहमा राखेर, ढाटेर र मीठो शब्दजालमा जनतालाई राखेर क्षणिक समय सत्तामा त पुगिएला तर त्यो टिक्न सक्दैन र स्थायी समाधान आउन सक्दैन । कम्युनिष्ट शब्दको नेपाली शब्दार्थ साम्यवाद हुन्छ । साम्यवादमा पुग्नु कम्युनिष्टको अन्तिम लक्ष्य हो । तर त्यो सम्भव छ त ? कि माक्र्स र एन्गेल्सको परिकल्पना मात्र हो भन्ने कुरा हामीले प्रष्ट हुन जरुरी छ । पूजीवादको चरम किासपछि समाजवादतर्फ समाज अगाडि बढ्न सक्ला किन कि समाजमा विद्यमान जातीय र वर्गाीय विभेदको विकराल अवस्थामा सुधार गर्न सकिन्छ । वैज्ञानिक रुपमा जातीय प्रतिशतको आधारमा जातीय अन्तरविरोधलाई कम गर्न सकिन्छ र वैज्ञानिक रुपमा आर्थिक आए कर र सुविधाको व्यवस्था गरी समाजवादी राज्यव्यवस्था स्थापना गर्न सम्भव हुन्छ । तर विज्ञानले नै एक मान्छे र अर्को मान्छेलाई शारीरिक बनावट र प्राकृतिक स्वभावमा फरक बनाएबाट सबै संसारका मान्छेहरुलाई एकै खालको बनाउन जसरी सम्भव छैन त्यसैगरी वर्गविहीन, जातविहीन समाज निर्माण गर्ने कुरा राम्रो भएपनि असम्भव छ । आज विश्वमा सात अरब मान्छे पुग्न लागि सक्दा सातै अरब ालका मान्छे हुनुलाई हामीले वैज्ञानिक सत्यता हो भनेर स्वीकार्नु पर्छ । एउटै परिवारमा एकै आमाबाबुको छोराछोरी विभिन्न शारीरिक बनावटको मात्र होइन विभिन्न स्वभाव रुची र बुद्धिका हुन्छन् । परिश्रमी र तीक्ष्ण बुद्धि भएकाहरुको उत्पादन क्षमता बढी हुन्छ र ऊ अल्से र मन्द बुद्धिभएकाहरुभन्दा धनी र सुविधाभोगी बन्छ नै र यस सत्यतालाई बुझेर पनि संसारमा साम्यवाद एक स्वादिलो तर हुननसक्ने परिकल्पना मात्र हो भन्ने कुरा सबै कम्युनिष्टहरुले बुझ्न जरुरी छ । र स्वयम् माओवादी विप्लवले पनि झनै बढी विचार पु¥याउ“नु पर्छ ।
(लेखक सरस्वती मावि दिक्तेलका शिक्षक हुन्)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित