हलेसी तुवाचुङमा रेबिज विरुद्धको खोप दिइने

  • प्रकाशित मितिः माघ २, २०७७
  • 1270 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ २–हलेसी तुवाचुङ नगरपालिकाले रेबिज विरुद्घको खोप सेवा दिने तयारी गरेको छ । उक्त खोप अस्थायी कोभिड अस्पतालबाटै दिने तयारी गरेको हो ।
कुकुर, स्याल जस्ता जनवारले टोकोको बेला रेविज विरुद्घको खोप लगाउ“न अन्यत्र जानु पर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्वास्थ्यचौकी दुुर्छिममा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालबाट एण्टी रेबिज विरुद्घको खोप सेवा उपलव्ध गराउने तयारी गरेको हो । 
संघीय सरकारले तीन महिनासम्म आर्थिक सहयोग गर्ने गरी स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई नगरपालिकाको श्रोत साधनबाट स्थायी रुपमा निरन्तरता दिने तयारी गरिएकाले रेबिज विरुद्घको खोप सेवा थप गरिएको हो । नगरपालिकाको पहलमा सामान्य अस्पताल सरह निरन्तरता पाउने अस्थायी कोभिड अस्पतालमा एक जना एमबीबीएस चिकित्सक कार्यरत भएकाले रेबिज विरुद्घको खोप सेवा प्रवाह गर्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।
उक्त खोपका जिल्ला अस्पतालसंगको सहकार्यमा दिन लागिएको हो । नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले माघ १ गते जिल्ला अस्पतालबाट एन्टी रेबिज भ्याक्सिनको ५० डोज बुझिसकेका छन् । ऐसेलुखर्क गाउ“पालिकाले गत बैसाखदेखि नै प्रथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्घको खोपको व्यवस्था गरिसकेको छ । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित