७० रुपैया“ तिर्न एक हजार खर्च 

  • प्रकाशित मितिः भदौ २१, २०७५
  • 1693 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, भदौ २१–दिप्रुङ चुइचुम्मा सापातेलका ५५ वर्षीय कृष्ण रम्तेल विद्युत महशुल तिर्नका लागि विहान दश नबज्दै लाइनमा उभिएका थिए । उनी कतिबेला महशुल बुझाएर घर फर्कु“ भन्ने हतारोमा थिए । उनले भने–‘७० रुपैया“को बिल तिर्न हजार भन्दा बढी खर्च भयो ।’
कृष्ण रम्तेलजस्तै थुप्रै जना विद्युत महशुल तिर्न लाइनमा थिए । टाढाबाट विद्युतत महसुल तिर्नै दिक्तेल धाउनु पर्ने वाध्यता अझै पनि कायमै छ । स्थानीय तह कार्यान्वयनमा आए पनि विद्युत महशुल तिर्न भने दिक्तेलै धाउनु पर्दा समस्या भएको सेवाग्राहीहरुले बताए । 
विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमख नारायण चौधरीका अनुसार खोटाङमा १२ हजार एक सय ५६ घरधुरीले विद्युत बालेका छन् । आसपासका बाहेक अन्यलाई विद्युत महशुल तिर्न धाउनु पर्ने वाध्यता छ ।
हलेसी तुवाचुङ नगरपालिकामा भने विद्युत महशुल लिनका लागि घुम्ती काउण्टर खडा गरिएको छ । त्यसले सर्वसाधारणलाई केहीहदसम्म सहज भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इबन राईले बताए ।खोटेहाङ गाउ“पालिकाको खोटाङ बजारमा पनि विद्युत महशुल बुझाउने घुम्ती काउण्टर राख्न पहल भएको खोटेहाङ गाउ“पालिकाका अध्यक्ष प्रदीप राईले बताए । विद्युत प्राधिकरण वितरण केन्द्र दिक्तेलका प्रमुख चौधरीका अनुसार प्रक्रिया बढाइने बताए । ‘पहिले नै सिफारिस आएको भए हलेसीसंगै घुम्ती काउण्डर स्थापना भइसक्थ्यो ।’ प्रमुख चौधरीले भने–‘ढिलो भए पनि प्रक्रिया बढाइएको छ ।’
केपिलासगढी, ऐसेलुखर्क, रावाबेसी गाउ“पालिकाका सर्वसाधारणलाई विद्युत महशुल बुझाउन दिक्तेलै धाउनु पर्ने वाध्यता छ । दक्षिणी क्षेत्र बराहापोखरी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ चुइचुम्मा, साकेला लगायतका गाउ“पालिकाका सेवाग्राही समेत दिक्तेल धाउन वाध्य छन् । 
स्थानीय तहमा सरकार भइसकेपछि त्यसको अनुभूति दिलाउ“ने दिप्रुङ चुइचुम्मा गाउ“पालिका प्रमुख भूपेन्द्र राईले बताए । ‘अब केही समयपछि गाउ“पालिकामै विद्युत महशुल तिर्ने व्यवस्था मिलाइने छ ।’ उनले भने–‘यसका लागि म कसरतमा छु ।’
पालिकाहरुमा बैंकहरु पनि स्थापना भइसकेकाले सम्वन्धित पालिकाहरुमै विद्युत महशुल बुझाउने व्यवस्था मिलाउने पर्ने सर्वसाधारणको भनाई छ ।  प्रदेशसभा सदस्य रामकुमार राईले भने बैंकहरु पनि स्थापना भइसकेको र त्यसका लागि डिजि कुलमान घिसिङसंग कुरा गर्ने बताए । ‘यो समस्या देशब्यापी समस्या हो ।’ प्रदेशसभा सदस्य राईले भने–‘यसको बारेमा डिजि कुलमान घिसिङसंग कुरा गर्छु ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित