जन्तेढुङ्गामा सुन्तला महोत्सव

  • प्रकाशित मितिः पुष १९, २०७७
  • 1307 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस १९–जन्तेढुङ्गा गाउ“पालिका–५ चिसापानी घोर्लेमा सुन्तला महोत्सव आयोजना गरिएको छ । ‘कृषि र उत्पादन विकासको आधार’ सुन्तला उत्पादन गरिवी निवारण पूर्वाधार’ भन्ने नारा सहित पुस १८ र १९ गते महोत्सव भएको हो ।

2 1
घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तलाको बजारीकरण गरी कृषकहरुलाई प्रोत्साहन गर्न महोत्सव आयोजना गरिएको जन्तेढुङ्गा गाउ“पालिका अध्यक्ष शंकर राईले बताए । महोत्सवमा सुन्तलाको जुस, सुन्तलाको वाइन प्रदर्शनीमा राखिएको थियो । उक्त महोत्सवमा किराती साकेला सिली, लोक दोहोरी, नृत्य, पुमा राईको धार्मिक तथा सांस्कृतिक प्रदर्शनी लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

4
जन्तेढुङ्गा गाउ“पालिकाको प्रायोजन, ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, सिर्जनशील आमा समूह र तीनतले कोलाताङ सामुदायिक वन घोर्लेको सह–प्रयोजनमा तथा प्रगतिशील कृषक समूह र सिलिचोङ सा“स्कृतिक परिवार घोर्लेको आयोजनामा उक्त महोत्सव आयोजना गरिएको हो । घोर्ले जन्तेढुङ्गा गाउ“पालिकाको सुन्तला उत्पादन हुने प्रमुख क्षेत्र हो । घोर्लेबाट बार्षिक करोड बढीको सुन्तला निकासी हुने अध्यक्ष राईले सुनाए । कार्यक्रम निवर्तमान प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित