सविना अछामे–
खोटाङ, पुस १५–पछिल्लो एक महिनाको अवधिमा हलेसीमा करिब पा“च लाखबढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीपछि मङ्सिर १६ गतेदेखि पुस ७ गतेसम्म पा“च लाख ६४ हजार दुई सय ९० रुपैया“ सङ्कलन भएको हो ।
कोरोना भाइरसको कारण महामारीका कारण गत चैत ८ गतेदेखि रोक लगाइएको हलेसी गुफा (मन्दिर) प्रवेश गत मङ्सिर १६ गतेदेखि खुला गरिएको थियो । कोरोना महामारीका कारण झण्डै आठ महिनासम्म प्रवेश रोक लगाइएको हलेसी खुला गरिएको महिना दिन नपुग्दै पा“च लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीको शिव–पार्वती थानबाट तीन लाख ३० हजार पा“च सय ९५, बसाह गुफामा राखिएको दानपेटीकाबाट २९ हजार छ सय ३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट १४ हजार ७० भेटी सङ्कलन भएको हो ।
यस्तै गत चैत ५ गतेदेखि पुस ८ गतेकोबिचमा मन्दिरको प्राङ्गणमा राखिएको दान पेटीकामा एक लाख ८९ हजार नौ ९० रुपैया“ भेटी सङ्कलन भएको नगरप्रमुख राईले सुनाए । यस अवधिमा दर्शनार्थीले हलेसीमा भारु छ सय ५० र अमेरिकन डलर एक रुपैया“ चढाएका छन् । यस्तै १०६.५० ग्राम चा“दी र १.३ ग्राम सुन सङ्कलन भएको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ७–खोटाङका दमन राई लगायत... ... ...
सविना अछामे–खोटाङ, माघ ७–दिक्तेल रुपाकोट मझुव... ... ...
सविना अछामे–खोटाङ, माघ ६–नेपाल कम्युनिष्ट पार... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–प्रधानमन... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–जिल्ला नि... ... ...
Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित