उधौली साकेलाको रौनक (फोटो सहित)
- प्रकाशित मितिः पुस १५, २०७७
- 1440 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १५–ऐतिहासिक मझुवागढीमा उधौलीको अवसरमा साकेला नाचिएको छ । किरात राई यायोक्खा, किरात सेवा समाज खोटाङ र मझुवागढी संरक्षण समितिको आयोजनामा उधौली साकेला ना“चिएको हो ।
उधौली साकेलामा बालबालिकादेखि पाकासम्मले साकेला सिली ना“चेका हुन् । किरातीहरुले मङ्सिरे पूर्णीमामा उधौली र बैशाखे पूर्णीमामा उभौली गरी वर्षमा दुई चोटी साकेला सिली ना“च्ने परम्परा छ ।
यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली मनाइएको किरात राई यायोक्खाका सचिव युगसन किरातले बताए । किरातका अनुसार उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा आराधना गर्ने चलन छ । त्यस्तै बैशाखे पूर्णीमाको बेला मनाइने उधौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने किराती संस्कृति छ ।
साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत ना“च्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए ।