बलात्कारका घटना बढ्यो 

  • प्रकाशित मितिः भदौ १५, २०७५
  • 1413 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, भदौ १५–पछिल्लो महिनामा यौन अपराधका घटना बढेका छन् । यो आर्थिक वर्षमा मात्र छ वटा यौन अपराधका घटना घटेका छन् । यसमध्ये अशक्त, बालबालिका यौन अपराधका शिकार बनेका छन् । यद्यपि यौन अपराध बढेको भन्दा पनि कानुनी दायरामा आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । 
प्रहरीले जनाए अनुसार साउन महिनामा चार र भदौमा दुई वटा यौनसम्वन्धी अपराधका घटना घटेका छन् । नया“ कानुन लागू भइसकेपछि दुई वटा यौन अपराधका उजुरी परेको प्रहरीले जनाएको छ । यसमध्ये एक जना बालिका पीडित र एक बालक पीडक बनेको उजुरी परेको छ । यो घटनाको पीडित र पीडक पनि बालक नै भएकाले त्यसै अनुसार अनुसन्धान र दोषी ठहरिए कारबाही हुने डिएसपी केसीको भनाई छ । 
दर्ता भएकामध्ये एक महिलालाई बलात्कार गरेर फरार रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का १९ वर्षीय निसान राई अर्को बलात्कारका घटनामा पक्राउ परेका छन् । उनी मोरङमा पक्राउ परेका हुन् । उनले स्थानीय एक नाबालिकालाई फकाएर लिएर हिडेका थिए । उनलाई मोरङ प्रहरीले जबरजस्ती करण मुद्दा चलाएको छ । त्यहा“ अनुसन्धान सकेर फेरि खोटाङमा भएको बलात्कारको घटनाको अनुसन्धान गरिने डिएसपी केसीले सुनाए । 
बुहारी बलात्कार गर्न खोज्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का ३७ वर्षीय भदौ ८ गते पक्राउ परेका छन् । उनले भदौ ७ गते करिब पा“च बजेतिर बुहारी एकलै भएको मौका छोपी बलात्कार गर्न खोजेको र बुहारीको प्रतिकारपछि भागेका थिए । पीडितको उजरीको आधारमा पक्राउ गरी म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यौनजन्य अपराध न्युनीकरणका लागि सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, प्रहरी कारबाहीमा कुनै पनि खालको संझौता नगरी कानुनी कारबाही गर्ने बित्तिक्कै यसको न्युनीकरण हुने डिएसपी केसीको भनाई छ । ‘यौनजन्य अपराध न्युनीकरणका लागि विद्यार्थी, अभिभावक र अन्य निकायसंग जनचेतना जगाउ“न सकियो भने अपराध न्युनीकरण हुन्छ ।’ डिएसपी केसीले भने–‘यस बाहेक मादक पदार्थ सेवनलाई समेत कन्ट्रोल गर्न सकियो भने त्यसले पनि यौनजन्य घटना कम गर्न सकिन्छ ।’ उनले थपे–‘यसका लागि मिडियाले पनि सहयोग गरिदिनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित