दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि बैंकबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने

  • प्रकाशित मितिः पुष १०, २०७७
  • 919 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस १०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरेको छ । नगरपालिकाले कर्मचारी मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीमार्फत वितरण गर्ने तयारी गरेको हो ।
नगरपालिकाले आगामी दोश्रो चौमासिकदेखि १५ वटा वडाकै लाभग्राहीलाई बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरणका लागि नगरपालिकाले पा“चवटा बैंकसंग सम्झौता गरेको छ । यसअनुसार सालपा विकास बैंकमार्फत वडा नं १ दिक्तेल, वडा नं ३ बाम्राङ, वडा नं ५ लाफ्याङ, वडा नं ६ नेर्पा, वडा नं ७ चिउरीडाडा“ वितरण गर्ने भएको हो । त्यस्तै वडा नं ८ बुवालुङ, वडा नं १० पाथेका, वडा नं ११ खार्मी, वडा नं १३ नुनथला, वडा नं १४ बुइपा र वडा नं १५ विजयखर्कमा पनि सालपा विकास बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
ज्योति विकास बैंकले वडा नं २ दिक्तेल, ग्लोबल आइएमई बैंकले वडा नं १२ जालपा सेन्चुरी कमर्सियल बैंकले वडा नं ९ निर्मलीडा“डा र राष्ट्रिय वाणिज्य बैंकले वडा नं ४ खाल्लेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता पाउने ५ हजार १३ जना लाभग्राही छन् ।
यसअघि हलेसी तुवाचुङन गरपालिका, केपिलासगढी गाउ“पालिका, जन्तेढुङ्गा गाउ“पालिका र साकेला गाउ“पालिका लगायतका स्थानीय तहले बैंकमार्फत सामाजिक भत्ता वितरणको तयारी गरिसकेकका छन् । साकेला र बराहपोखरी गाउ“पालिकामा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको पुष्टिपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको हो । साकेला गाउ“पालिका मृत्यु भइसकेका, बसाई सरिसकेकाहरुको नाममा समेत रकम निकासा गरेर ८७ लाख ४१ हजार छ सय रुपैया“ अनियमितता गरेको खुलासा भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित