मुन्धुम ट्रेल : तावाभन्ज्याङ–चखेवाभन्ज्याङ पदमार्ग शिलान्यास

  • प्रकाशित मितिः पुष ३, २०७७
  • 1000 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ३–मुन्धुम ट्रेल अन्तरगत साकेला गाउ“पालिकाको तावाभञ्ज्याङदेखि चखेवाभन्ज्याङसम्मको पदमार्ग पुस ३ गते शिलान्यास भएको छ । खोटाङ र भोुजपुर जिल्लाको सिमानामा रहेको ट्याम्केडाडा“को पर्यटन प्रबद्र्धन गर्न पदमार्ग प्रदेशसभा सदस्य रामकुमार राईले शिलान्यास गरेका हुन् ।
प्रदेश सरकार, स्वीस सरकार र स्थानीय तहको करिब ९९ लाख रुपैया“को लागतमा तावाभञ्ज्याङदेखि चखेवाभञ्ज्याङसम्मको करिब १० किलोमिटर पदमार्ग निर्माण गरिने साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले सुनाए । सरकारको एक सय गन्तव्यमध्ये यो मुन्धुम ट्रेल पनि एउटा हो । यसका लागि प्रदेश सरकार, स्वीस सरकार र स्थानीय सरकारको लगानी छ । 
मुन्धुम ट्रेल अन्तरगत भोजपुरको टेम्केमैयु गाउ“पालिका, सालपा सिलिचो गाउ“पालिका, षडानन्द नगरपालिका र भोजपुर नगरपालिकाको भूगोल पर्दछ । त्यस्तै खोटाङको साकेला गाउ“पालिका, केपिलासगढी गाउ“पालिकाको भूगोलमा मुन्धुम ट्रेल पुगेको छ । मुन्धुम ट्रेल किराती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ । किरातीहरुले मुन्धुम्लाई मौलिक ज्ञान मान्ने भएकाले यसैको आधारमा जन्मदेखि मृत्युसम्मको क्रियाकलाप गर्ने परम्परा रहेको र यसैलाई आधार मानेर पदमार्गको रुपमा विकासित गरिएको मुन्धुम ट्रेलसंग सम्बद्ध रमेश राईले बताए । यो पदमार्ग विभिन्न किराती समुदायको बसोबास गर्ने ठाउ“हरुमा भएकाले विभिन्न किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न सकिने भएकाले मुन्धुम टे«ल नाम राखिएको पर्यटन राईले बताए । यो पदमार्ग किराती समुदायका लागि मात्र नभएर मुलुककै लागि महत्वपूर्ण भएकाले सरकारले एक सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा राखेको राईले सुनाए ।
हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउ“ने पर्यटकहरुका लागि डाडैडाडा“ थकानको महसुस समेत नहुने गरी हि“डिरहु“ लाग्ने अपेक्षा गरिएको राईले सुनाए । यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, च्रोयु लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । यसबाहेक ४५ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । नेपालको अन्य कुनै ट्रेकिङ रुटबाट देखिदैन । यसका साथै तराईका भू–भागहरु समेत अवलोकन गर्न सकिने छ । 
ठूला घा“से मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डा“डाहरुको शीर छिचोल्दै विभिन्न प्रजातिका गुरा“स, विविन्न जडीबुटीहरु तथा घना जङ्गलहरु अवलोकन गर्न पाइने छ । यो यात्रामा मैयुङको हा“सपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख रेडपाण्डा, लोपोन्मुख भीर माहुरी, लोपोन्मुख सालक, लोपोन्मुख कालोभालु लगायतका विभिन्न जङ्गली जनावरहरुसंग लुकामारी खेल्न पाइने छ । 
सगरमाथा (चोमालुङ) चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोगको राईको दाबी छ । मध्यपहाडी लोकमार्ग आसपास नै यो पदमार्ग भएकाले अझ सहज हुने राईको भनाई छ । ‘यो सायद विश्वकै ‘भर्जिन’ पदमार्ग हुन सक्छ ।’ राईले भने–‘यसले किराती समुदायको विकास लागि एउटा कोसेढुङ्गा सावित हुने छ ।’
यो पदयात्रामा किराती स्वादको परिकार पाइन्छ । फापर, कोदा तथा गहु“को रोटी, ढिडो, मकैको ठेप्ला, सिस्नुको तरकारी, जौको सातु, मकै–भटमास, कोदोको तीनपाने रक्सी, मांसहारीका लागि विभिन्न चौपायाको सुकुटी लगायतका परिकार पाइन्छन् । यसबाहेक कालिज तथा रैथाने कुखुराको मासु पनि अर्को तिख्खरीलो स्वाद लिन सकिन्छ । यसका साथै 
चौरीको दूध, घिउ पनि अर्को अनुपम खान्की पाइन्छ । त्यस्तै जटिबुटीयुक्त भीरमाहुरीको मह अर्को दुर्लभ स्वाद् पाइने राई सुनाउ“छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित