बस्नेतको अध्यक्षतामा खोटाङ डिस्टिब्युटर एशोसियसन गठन

  • प्रकाशित मितिः मंसिर 28, 2077
  • 1366 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २८–खोटाङ डिस्टिब्युटर एशोसियसन गठन भएको छ । नेपाली उत्पादन तथा निर्यात गरी कारबार गर्ने विभिन्न कम्पनीहरुको दिक्तेल बजारस्थित आधिकारिक डिस्टिब्युटर (डिलर)हरुको मङ्सिर २७ गते भएको भेलाले अजय बस्नेतको अध्यक्षतामा गठन भएको हो ।
भेलाले उपाध्यक्ष टेकबहादुर मुग्राती, सचिव सरोज सैंजू, कोषाध्यक्ष प्रेम जोशीलाई चयन गरेको छ । सदस्यहरुमा भाष्कर थापा, नवराज जोशी, महेश बजिमय, मनोज राई र राजु श्रेष्ठ छनौट भएका छन् । यो एशोसियसनले व्यवसाय प्रबद्र्धन र पेशागत हक हितका लागि काम गर्ने छ । भेलामा नेपाल चेम्बर्श अफ कमर्श केन्द्रिय सदस्य तथा खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खुसनारायण सैंजू, खोटाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समुद्रप्रसाद जोशी, खोटाङ उद्योग वाणिज्य संघ सल्लाहकार समितिका संयोजक राजन आचार्य लगायतले एशोसिसनको आवश्यकता र ब्यावसाय प्रबद्र्धनबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित