हलेसी तुवाचुङका किसानलाई कृषि उपकरण

  • प्रकाशित मितिः मंसिर २३, २०७७
  • 1352 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर २३–हलेसी तुवाचुङ नगरपालिकाका चार हजार ५३ घर किसानलाई बिउ तथा कृषि सामग्री बितरण गरिएको छ । नगरपालिकाको आग्रहमा जिविकोपार्जन सहयोग कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा किसानलाई दुई करोड ४४ लाख बराबरको कृषि सामग्री तथा बिउ वितरण गरिएको हो ।
कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजीकरणमा नगरपालिकाका १० रोपनी भन्दा कम जग्गा भएका किसानलाई, प्लास्टिक टनेल, सिड–स्प्रे, हजारी, हिल टयाङ्क बीउ विजन वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए ।
गत वर्षको लामो खडेरीका कारण खाद्य संकट झेलेको किसानका लागि नगरपालिकाले राहत माग गरेको अधारमा एसडीसीले ठूलो परिमाणमा कृषि सामग्री तथा बिउ उपलब्ध गराएको हो । पानी संकलन गर्नका लागि ११ वडाका किसानलाई हिल टयाङ्क, तरकारी खेतीका लागि प्लाष्टिक टनेल लगायतका कृषि सामग्री उपलव्ध गराएको हो ।
अर्खौैलेका तीन सय ८० जना, बाहुनीडा“डाका तीन सय ९४जना डिकुवाका तीन सय ८० जना, च्यास्मिटारका तीन सय ९७ जना, वडहरेका दुई सय ८८ जना, दुर्छिमका चार सय ५४ जना, मङ्गलटारका तीन सय ४० जना, महादेवस्थानका तीन सय ३३ जना, धितुङका तीन सय ४५ जना, सल्लेका दुई सय १६ जना र राजापनीका पा“च सय ८१ जना कृषकलाई कृषि सामग्रीका साथमा बीउ बिजन वितरण गरिएको हो । किसानलाई उनीहरुले राजेको कृषि सामग्री वितरण गरिएको नगरप्रमुख राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित