हलेसीमा कोभिड अस्पताल सञ्चालन

  • प्रकाशित मितिः मंसिर १२, २०७७
  • 951 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १२–हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड अस्थायी अस्पताल सञ्चालन गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्य चौकीमा पा“च शैयाको कोभिड अस्पतालमा बिहीबारदेखि सञ्चालन अँएको हो ।
उक्त अस्पतालमा उपकरण सहित एक चिकित्सक, दुई स्टाफनर्स र एक कार्यालय सहयोगी कार्यरत छन् । प्रदेश नम्बर १ को दश लाख सहयोगमा उक्त अस्पताल सञ्चालन गरिएको नगरप्रमुख इवन राईले बताए । ‘यो अस्पतालमा कोरोना भाइरसका संक्रमितका साथै सामान्य बिरामीको समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ ।’ राईले भने–‘भिडियो एक्स–रे र ल्याब सहितको सेवा सुरु गरिएको छ ।’
जिल्लाका दश स्थानीय तहमध्ये दिपु्रङ चुइचुम्मा गाउ“पालिकाले पनि पा“च शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित