नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ४– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विदेशमा कोरोनाले रोजगारी गुमाएका तथा विदेशबाट फर्किएका युवाहरुलाई कृषि सामाग्री वितरण गरेको छ । वैदेशिक रोजगारीमा विदेश गएकाहरुको कोरोनाले रोजगारी गुमेका र विदेशबाट फर्किएका युवालाई मङ्सिर ४ गते कृषि सामग्री वितरण गरेको हो ।
नगरपालिकाका कृषि प्रसारअधिकृत धर्मेन्द्र कलौनीका अनुसार कोरोनाले रोजगारी गुमेका र विदेशबाट फर्किएका एक सय जनालाई प्लाष्टिक टनेल, थोपा सिचाई सेट, आइपिएम, स्प्रीङकल सहितको गार्डेन पाइप लगायतका कृषि सामग्री वितरण गरिएको हो । कृषि क्षेत्रलाई रोजगार मुलक बनाउ“न कृषि सामाग्री वितरण गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत कृषि विकास शीर्षकको बजेटबाट उक्त सामाग्री वितरण गरिएको कलौनीले सुनाए ।
तस्बिर सौजन्य : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित