दिप्रुङ चुइचुम्मामा कोरोना अस्पताल उद्घाटन

  • प्रकाशित मितिः कार्तिक २५, २०७७
  • 1071 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २५–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा कोरोना अस्पताल उद्घाटन भएको छ । उक्त पालिकाको वडा नं १ याम्खास्थित स्वास्थ्य चौकीको भवनमा कात्तिक २५ गते अस्थायी कोरोना अस्पताल उद्घाटन भएको हो ।
उक्त अस्पतालको गाउ“पालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले उद्घाटन गरेका हुन् । उक्त अस्पतालमा एक जना एमबिबिएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना ल्याब असिस्टेण्ड, एक जना कार्यालय सहयोगी कार्यरत छन् । गाउ“पालिकाको ३५ लाख र संघीय सरकारको दश लाख गरी ४५ लाखको लागतमा अस्पताल सुरु गरिएको गाउ“पालिका अध्यक्ष राईले बताए ।

तस्बिर : भूपेन्द्र राईको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित