मुटु कसरी बचाउने ?

  • प्रकाशित मितिः कार्तिक २३, २०७७
  • 1094 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २३–मानव शरीरको अभिन्न अङ्ग हो मुटु । मुटुबिना प्राणीको जीवन सम्भव छैन । यो अङ्ग रक्त सञ्चालनसँग सम्बन्धित छ ।
मुटुले रक्तनलीमार्फत् सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । मुटुमा चारवटा भाग गरेका हुन्छन् । जसमा दुई अउरिकल र दुईवटा भेन्ट्रिकल । शरीरको लागि रगत सञ्चालनको मुख्य काम मुटुले गर्ने गर्छ । त्यसैले हामीले मुटु सधैं सक्रिय र स्वास्थ राख्नुपर्छ ।
यो महत्वपूर्ण अंगको सुरक्षा कसरी छौं त ?
अहिलेको समयमा धेरैजसो मानिस सुखभोगी देखिएका छन् । सानो कामका लागि पनि मेसिनको साहरा लिने । हिड्नुको सट्टा यातायातका साधन प्रयोग गर्ने । खानापानमा पनि मिठै चाहिने । तारेका, चिल्लो, नुन, बोसोयुक्त मासु, जंकफुड, रेडिमेट खानामा ध्यान जाने तर हरियो परियो सागपात र फलफूलमा भने फिटिक्कै आँखा नलाग्ने ।
अझ युवा अवस्थामा हुने ह्दयघातको ८० प्रतिशत कारण तनाव, चुरोट, सुर्ती र रक्सी भएको विभिन्न अध्ययनले पुष्टि नै गरिसकेको छ । यी कूलतले मुटुमा बोसो जमाउने क्रम बढाउँछ । रक्तसञ्चारको भल्व बन्द हुन्छ अनि हृदयाघात । जति सहजता खोज्यो मुटुुका लागि उति नै घातका हुन्छ । खानापानमा ध्यान र पसिना निस्कने गरी दैनिक अभ्यास गरे मुटुरोगबाट जोगिन सकिन्छ । ह्दयघात बाहेक पनि मुटुका अन्य रोगसंग जुध्न महंगो उपचार लिनुपर्ने हुन्छ ।
कसरी जोगाउन सकिन्छ मुटु ?
१) धुम्रपान नगर्ने, गर्ने भए आजैदेखि त्याग्ने, धुम्रपान गरेका भन्दा आडमा बसेकालाई बढी असर गर्छ ।
२) मदिराको सेवन नगर्ने, कुनै अवसर विशेषमा खानुपरे पनि मात्रामा ध्यान दिने ।
३) नुन कम खाने ।
४) डाइटको ख्याल गर्नु पर्छ ।
५) सदा सक्रिय रहनुपर्छ ।
६) तौल ख्याल गर्नु पर्छ ।
७) रक्तचाप र कोलेस्ट्रोलको मात्रा नियमित परीक्षण गर्नुपर्छ ।
८) तनावबाट मुक्त रहने ।
९) वंशाणुगत रोगको पहिचान गर्ने ।
मुटुको हेरचाह खानपानले नै निर्धारण गर्ने गर्छ । तर योसंगै खुसी जीवनशैली अपनाउ“न पनि जरुरी छ । मानसिक तनावले मुटुसंगै स्मरण शक्तिमा समेत असर गर्छ ।
चर्को घामले पनि मुटु स्वास्थ्यलाई असर पु¥याउ“छ । बाहिर निस्कदा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कदा राम्रो हुन्छ । घर वातावरण अनुकूल बनाउ“न घामतिर पर्ने झ्याल र ढोका बन्द गरी बाक्लो पर्दा लगाउ“न सकिन्छ ।
मनोरञ्जनका लागि घरबाहिर निस्कदा सपिङ सेन्टर, पुस्तकालय, फिल्म हलजस्ता ठाउ“मा अनुकूल स्थान खोजेर बस्नुपर्छ । वर्षमा एकपटक मुटुको जा“च गर्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित