दिक्तेल बजारमा लगाइएको सिल उलङ्घन

  • प्रकाशित मितिः कार्तिक १६, २०७७
  • 1100 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १६–दिक्तेलमा लगाइएको सिल उलङ्घन भएको छ । समुदायस्तरमा कोरोना संक्रमण बढेपछि कात्तिक १३ गतेदेखि लगाइएको सिल उलङ्घन भएको हो ।

silphoto
उपभोग्य वस्तु विक्रेता लगायत कपडा पसल, होटल, यातायात लगायतले उलङ्घन गरेको पाइएको छ । यसबाहेक निर्माणमा संलग्नहरुले पनि सिल उलङ्घन गरेका छन् । उपभोग्य वस्तु किनमेल गर्न बिहान सातदेखि नौ बजेसम्म खुला गरिए पनि उपभोग्य पसल भने दिनभरि नै खुला छन् । यसबाहेक कपडा पसल तथा होटल समेत खुला भएपछि सुरक्षाकर्मी परिचालन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।

sil-photo 1

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित