दिक्तेलमा पत्रकार सहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मितिः कार्तिक १४, २०७७
  • 1180 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १४–दिक्तेलमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कात्तिक १४ गते थप तीन जनामा कोरोना पुष्टि गरेको हो ।
गत कात्तिक १२ गते पीसीआरका लागि पठाइएको ६७ जनामध्ये तीन जनामा कोरोना देखिएको जिल्ला अस्पतालका चिकित्सक प्रवीण झाले बताए । संक्रमितमध्ये पत्रकार दिवश रिजाललाई पनि कोरोना पुष्टि भएको छ । यसबाहेक जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङकी श्रीमती सर्मिला राई र अर्का एक जना जिल्ला समन्वय समितिका कर्मचारीलाई समेत कोरोना संक्रमण भएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङले बताए । अन्यको रिपोर्ट आउ“न बा“की रहेको चिकित्सक झाल सुनाए । कात्तिक ९ गते जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयालाई कोरोना पुष्टि भएको थियो ।
दिक्तेलबजारका तीन जनालाई समेत कोरोना पुष्टि भएपछि कात्तिक १३ गतेदेखि दिक्तेलबजार सिल गरिएको छ । दिक्तेलका व्यवसायीहरुमा समेत कोरोना देखिएपछि बजारबासीको आग्रहमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजार सिल गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सुनाए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालका अनुसार दिक्तेल बजारका तीन जनामा कोरोना संक्रमण देखिएपछि बजारीबासीको अनुरोधमा अनिश्चितकालीन सिल गरिएको हो ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, कृषि, सिंचाई, वन, खानेपानी, जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मmझुवागढी नगरपालिका लगायतका नगरक्षेत्रभित्र पर्ने सरकारी अड्डाहरु तथा गैरसरकारी निकायहरु बन्द भएका हुन् ।
यसबाहेक सबै बैंकहरु समेत बन्द गरिएका छन् । औषधी पसल, दैनिक उपभोग्य वस्तु लगायतका पसल बाहेक अन्य सबै बन्द गरिएको छ । अत्यावश्यक बाहेक यातायात समेत बन्द गरिएको छ । अर्को व्यवस्था नभइन्जेलसम्मलाई बन्द गरिएको नगरप्रमुख रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित