नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १३–समुदायस्तरमै कोरोना संक्रमण बढेपछि दिक्तेलबजार सिल गरिएको छ । बजारका समुदायमा कोरोना संक्रमण फैलिएपछि दिक्तेल बजार कात्तिक १३ गतेदेखि सिल गरिएको हो । सिलपछि दिक्तेल बजार सुनसान बनेको छ ।
दिक्तेलका व्यवसायीहरुमा समेत कोरोना देखिएपछि बजारबासीको आग्रहमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजार सिल गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । उनका अनुसार दिक्तेल बजारका तीन जनामा कोरोना संक्रमण देखिएपछि बजारीबासीको अनुरोधमा अनिश्चितकालीन सिल गरिएको हो ।
यसअघि जिल्ला समन्वय प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी सालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीया लगायतलाई समेत कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, कृषि, सिंचाई, वन, खानेपानी, जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मmझुवागढी नगरपालिका लगायतका नगरक्षेत्रभित्र पर्ने सरकारी अड्डाहरु तथा गैरसरकारी निकायहरु बन्द भएका हुन् ।
यसबाहेक सबै बैंकहरु समेत बन्द गरिएका छन् । औषधी पसल, दैनिक उपभोग्य वस्तु लगायतका पसल बाहेक अन्य सबै बन्द गरिएको छ । अत्यावश्यक बाहेक यातायात समेत बन्द गरिएको छ । अर्को व्यवस्था नभइन्जेलसम्मलाई बन्द गरिएको नगरप्रमुख रिजालले बताए ।
अत्यावश्यक काम बाहेक हिडडुल गर्न नपाइने भएको छ । अटेर गरे संक्रामक रोग २०२० बमोजिम कारबाही गरिने नगरपालिकाले सूचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–खोटाङ से�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित