कोरोना संक्रमण फैलिएपछि दिक्तेल बजार सिल

  • प्रकाशित मितिः कार्तिक 13, 2077
  • 1817 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १३–समुदायस्तरमै कोरोना संक्रमण बढेपछि दिक्तेलबजार सिल गरिएको छ । बजारका समुदायमा कोरोना संक्रमण फैलिएपछि दिक्तेल बजार कात्तिक १३ गतेदेखि सिल गरिएको हो । सिलपछि दिक्तेल बजार सुनसान बनेको छ ।

diktel ratnapark
दिक्तेलका व्यवसायीहरुमा समेत कोरोना देखिएपछि बजारबासीको आग्रहमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजार सिल गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । उनका अनुसार दिक्तेल बजारका तीन जनामा कोरोना संक्रमण देखिएपछि बजारीबासीको अनुरोधमा अनिश्चितकालीन सिल गरिएको हो ।

salleritol
यसअघि जिल्ला समन्वय प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी सालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीया लगायतलाई समेत कोरोना पुष्टि भएको थियो ।

pothichouk

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, कृषि, सिंचाई, वन, खानेपानी, जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मmझुवागढी नगरपालिका लगायतका नगरक्षेत्रभित्र पर्ने सरकारी अड्डाहरु तथा गैरसरकारी निकायहरु बन्द भएका हुन् ।

ambaga6i
यसबाहेक सबै बैंकहरु समेत बन्द गरिएका छन् । औषधी पसल, दैनिक उपभोग्य वस्तु लगायतका पसल बाहेक अन्य सबै बन्द गरिएको छ । अत्यावश्यक बाहेक यातायात समेत बन्द गरिएको छ । अर्को व्यवस्था नभइन्जेलसम्मलाई बन्द गरिएको नगरप्रमुख रिजालले बताए ।

bankchouk 1

अत्यावश्यक काम बाहेक हिडडुल गर्न नपाइने भएको छ । अटेर गरे संक्रामक रोग २०२० बमोजिम कारबाही गरिने नगरपालिकाले सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित