नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ९–जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयलाई कोरोना संक्रमण भएको छ । विराटनगरस्थित प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशालाले कात्तिक ९ गते कोरोना संक्रमण भएको पुष्टि गरेको हो । कात्तिक ८ गते आठ जनामा गरिएको पीसीआर परीक्षणका लागि स्वाब पठाइएकोमा कात्तिक ९ गते तीन जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पतालका चिकित्सक प्रवीण झाले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङलाई सामान्य ज्वरो र टाउको दुखेको छ । प्रमुख जिल्ला अधिकारी शर्मा पौडेललाई ज्वरो आएको छ । प्रहरी नायव उपरीक्षक चिमरीयालाई पनि सामान्य रुघाको लक्षण देखिएको छ । उनीहरु सबै होमआइसोलेसनमा रहेको जिल्ला समन्वय प्रमुख चाम्लिङले सुनाए । कात्तिक ८ गते आठ जनामा गरिएको पीसीआर परीक्षणका लागि स्वाब पठाइएकोमा कात्तिक ९ गते तीन जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पतालका चिकित्सक प्रवीण झाले बताए । कोरोना संक्रमण भएका तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सक झाले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित