दसै–तिहार परिवारभित्र मात्र मनाउनु : जिल्ला प्रशासन कार्यालय खोटाङ

  • प्रकाशित मितिः कार्तिक ५, २०७७
  • 2217 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ५–कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले धार्मिकस्थलहरुमा पूजाआजा गर्न रोक लगाएको छ । उसले दसैं–तिहार तथा छठपर्वको अवसरमा मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा भीडभाड हु“दा संक्रमणको जोखिम देखिएको भन्दै धार्मिकस्थलमा पूजा, प्रार्थना, भजनकिर्तन, रथयात्रा, कलशयात्रा, बलिपूजा, मूर्ति विसर्जनलगायतका क्रियाकलाप गर्नमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले कात्तिक ५ गते जारी गरेको सूचनामा मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा नित्य पूजाआजाबाहेक भीडभाडका बीचमा गरिने धार्मिक क्रियाकलाप नगर्न आग्रह गरिएको छ । यस्तै चाडपर्वका अवसरमा सामूहिक रूपमा भेला, जम्मा भई गरिने शुभकामना आदानप्रदान, चियापानजस्ता कार्य नगर्न, सामूहिकरूपमा कार्यक्रम आयोजना गरी गरिने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभासम्मेलन, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, समूहमा खेलिने खेलकूद, खेलमैदानमा हुने प्रस्तुतिजस्ता कार्यक्रम नगर्न सूचित गरिएको छ ।
प्रशासनले दसैं, तिहार, छठजस्ता चाडबाडलाई घरैमा बसी परिवारभित्र मात्र मनाउन, जिल्लाभरि सा“झ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारी साधनबाहेकका यातायात सञ्चालन नगर्न, हि“डडुल र बजार बन्द गर्न उल्लेख गरिएको छ ।
यस्तै आवतजावत तथा हि“डडुल गर्दा सबै यात्रु तथा चालक, सहचालक एवं सवारीधनीले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जारी भएको सार्वजनिक यातायात सञ्चालन निर्देशिकाबमोजिम सवारीमा सवार गर्ने तथा सवारी साधन सञ्चालन गर्ने, शैलुन, ब्यूटीपार्लर हाललाई सञ्चालन नगर्न उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित