(कविता) परिवेश

  • प्रकाशित मितिः श्रावण ३०, २०७५
  • 2564 पटक पढिएको
  • संवादताता

सविना अछामे-
दलान छाडेर
बैंश र चाहनाको
दुई पखेटाले
आकाश हान्निएको सा“झ
माथिमाथि
उन्मुक्त आकाशमा
रमाउदै उडकेको बेला
समाजरुपी हिमश्रृङ्खलाहरु
तल तल देख्छु
त्यसैमा म उन्मुक्त छु
कहि“ कतै
छेकबार छैन,
बन्धन छैन,
त्यही छेकबार र
बन्धनहरुदेखि
उन्मुक्त हुन आकाश छिचोल्न
उडेकी हु“ म
तर
कुहिरोले
आफै हराए आकाशमा
यतिखेर–
सम्झिरहेछु
मलाई यत्तिको बेग हान्न,
आकाश छिचोल्न,
उड्न सिकाउने
मेरो आफ्नै परिवेशलाई ।
प्रकाशित मिति २०७५ साउन ३०

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित