लीलानाथ निरौला रावाबेसी गाउ“पालिकाका अध्यक्ष हुन् । विद्यार्थी काल (२०३९साल)देखि तत्कालीन मालेबाट राजनीति सुरु गरेका निरौला २०५४ सालदेखि निरन्तर एमाले जिल्ला कमिटीका सदस्य हुन् । स्थानीय तहको निर्वाचनमा विजयी बनेका हुन् । ५० वर्षीय निरौला यतिखेर गाउ“पालिका समृद्ध बनाउने अभियानमा जुटेका छन् । उनीसंग गरिएको कुराकानी :
तपाईले कार्यभार संहालेको एक वर्ष बितिसकेको छ । के परिवर्तन गर्नु भएको छ ?
यो एक वर्षको अवधि केन्द्र विवादमै लगभग बितेको छ । पुनर्संरचना आयोगले तोकेको केन्द्र खार्पा हरमटार र नाम लामीडा“डाबाट रावाबेसी गाउ“पालिका बनाइएको छ । यही विषयमा परेको मुद्दा खेप्दै धेरै समय बिताउनु पर्ने वाध्यता आइप¥यो । तर अहिले मुद्दा किनारा लागिसकेको छ । मुद्दा किनारा लागेपछि केही काम भएको छ । सडक, शिक्षा, स्वास्थ्य, कृषि जस्ता विषयमा राम्रै काम भएको छ ।
सडकमा त त्यति राम्रो देखिएन । जताततै सडक खनिए पनि ग्रेडिङ नमिलेकाले यातयात सञ्चालनमा समस्या देखियो । यसको स्तरोन्नति कहिले गर्नु हुन्छ ?
गाउ“पालिकाको सबै वडामा सडक पुगेको छ । केही ग्रेडिङ मिलेको छैन । ग्रेडिङ मिलाउने काम भइरहेको छ । केही सडक यसै वर्ष स्तरोन्नति भइरहेको छ भने केही आगामी आर्थिक वर्षमा हुने छ । बाह«ैमास सडक सञ्चालन हुने सडक बन्ने छ ।
शिक्षामा के परिवर्तन भयो ?
शिक्षा नियमावली बनाएर काम थालनी गरिएको छ । गुणस्तर शिक्षाका लागि सबै विद्यालयमा कक्षा–१–५ अङ्ग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरिएको छ । सबै विद्यालयमा इलेक्ट्रोनिक हाजिरी सुरु भएको छ । गुणस्तरमा गुणात्मक विकासका लागि अन्य विभिन्न योजना बनाउ“ने योजना बनाइएको छ ।
स्वास्थ्यमा कुनै परिवर्तन आयो ?
आएको छ । सबै वडामा वर्थिङ सेन्टर सञ्चालन गरिएको छ । २४ घण्टे अनमी नियुक्ति जस्ता काम भएको छ । जनताले प्रत्यक्ष सेवा पाउने खालको काम भएका छन् । अझै अन्य सेवा सुविधाहरुको खोजी गरी स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्ने लक्ष्य लिइएको छ ।
कृषिमा कुनै उल्लेख्य काम भएको छ ?
भएको छ । सिंगो रावाबेसी गाउ“पालिकामा कृषि पर्यटनको अवधारण बढाइएको छ । यसका लागि थप अध्ययन र गुरुयोजना बनाएर जाने योजना बनाइएको छ । यस बाहेक बिऊ, मल लगायत आधुनिक औजार वितरण गरिएको छ ।
विद्युतको हालत सुधार भएको देखिएन । यसका लागि कुनै पहल गर्नु भएको छ ?
योजना बनाइएको छ । सबै वडामा आगामी वर्षबाट विद्युत पुग्ने गरी काम भइरहेको छ ।
सञ्चार क्षेत्रमा कस्तो छ योजना ?
रेडियो, पत्रपत्रिका, अनलाइन जस्ता सञ्चारको माध्यम विकासका लागि आगामी आर्थिक वर्षबाट बजेट विनियोजन गर्ने योजना बनाइएको छ । टेलिफोन टावरहरु समेत विस्तारका लागि पहल गर्ने योजना बनाइएको छ ।
युवा रोजगारको कुनै योजना बनाउनु भएको छ ?
योजना बनाइएको छ । शीपमुलक तालिम दिलाएर युवालाई उद्यमी बनाउने योजना बनाइएको छ । वैदेशिक रोजगारभन्दा गाउ“मै काम गरेर आयआर्जन गर्ने योजना बनाइएको छ । यसलाई आगामी आर्थिक वर्षबाट थप विस्तृत गर्ने योजना बनाइएको छ ।
तपाईको कार्यकालमा रावाबेसी गाउ“पालिकाका कस्तो बनाउने लक्ष्य लिनु भएको छ ?
सबैले अनुभूति हुने खालको विकास हुने छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १–जिल्ला अस... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २८–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित