नेकपाले पूर्णता पायो

  • प्रकाशित मितिः आश्विन २१, २०७७
  • 945 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज २१–नेकपा खोटाङले पूर्णता पाएको छ । असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पूर्णता दिलाएको हो ।
एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहका इन्चार्ज र सह–इनचार्ज लगायत सबै जनवर्गीय सङ्गठनहरुको जिम्मेवारी समेत टुङ्ग्याएको हो ।
बैठकपछि नेकपा खोटाङले असोज २० गते पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गरी आधिकारिक रुपमा अब पार्टी एकता भएको जानकारी गराएको हो ।
केपिलासगढी गाउ“पालिकामा गृहबहादुर राईलाई इन्चार्ज रुद्रकुमार राईलाई सह–इन्चार्ज, तथा ऐसेलुखर्क गाउ“पालिका श्रीबहादुर राईलाई इन्चार्ज र गिरेन्द्रबहादुर राईलाई सह–इन्चार्ज, रावाबेसी गाउ“पालिकामा उदयबहादुर कार्कीले इन्चार्ज र सीताराम अधिकारीले सह–इन्चार्जको जिम्मेवारी पाएका छन् ।
साकेला गाउ“पालिकामा बिर्सिका राईलाई इन्चार्ज र दिलकुमारी राईलाई सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राईलाई इन्चार्ज र अकिल राईलाई सह–इन्चार्ज, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई इन्चार्ज र सन्तोष राईलाई सह–इन्चार्ज जिम्मेवारी दिएको पार्टीका प्रचार विभाग प्रमुख जीवन राई (सङ्गीन) ले बताए ।
जन्तेढुङ्गा गाउ“पालिकामा देवी रेग्मीले इन्चार्ज र बिरबल राइले सह–इन्चार्ज, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा चर्च विश्वकर्माले इन्चार्ज, इन्द्र दङ्गालले सह–इन्चार्ज, खोटेहाङ गाउ“पालिकामा राजन बञ्ज्रा इन्चार्ज र इन्द्र नाराथुङ्ेले सह–इन्चार्ज, बराहपोखरी गाउ“पालिकामा निशाना राईले इन्चार्ज र दिलबहादुर राईले सह–इन्चार्जको जिम्मेवारी पाएका हुन् ।
क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्र नम्बर २ को प्रमुखमा दिपक पाण्डे (अकाश)लाई जिम्मेवारी तोकेको छ । नेकपाले विभिन्न १८ वटा विभागको जिम्मेवारी पनि बा“डफा“ड गरेकोे छ ।
नेकपाले आफ्नो सदस्यले महिला हिंसा तथा जातीय छुवाछुत गरेको प्रमाणित भए कडाइका साथ कारबाही गर्ने जनाएको छ । जिल्लाका दलित अभियान्ताले सुरु गरेको सङ्घर्षमा ऐक्यबद्घता जनाउ“दै नेकपाले छुवाछुत पूर्ण ब्यवहार, हिला हिंसा गरेको प्रमाणित भए पार्टीबाट निश्काशन समेत गर्ने जनाएको छ । यसो गर्नेलाई जनप्रतिनिधिको उम्मेदवार बन्न समेत बन्देज गर्ने निर्णय गरेको जिल्ला सचिव रामप्रसाद दङ्गालले बताए । सचिवालय बैठकले ६० वर्षमुनिका एकल महिला, ‘ख’ वर्गको अपाङ्गता भएको व्यक्ति, इन्डियन र ब्रिटिस भूपू आर्मीको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गर्ने, कोरोना सङ्क्रमण रोकथामका लागि जनचेतनामुलक अभियान चलाउने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित