खोटाङमा कोरोना संक्रमण बढ्दो, प्रजिअ भन्छन्–‘आफैंले सतर्क अपनाउनु पर्छ’

  • प्रकाशित मितिः आश्विन १९, २०७७
  • 832 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १९–जिल्लामा कोरोना संक्रमणको संख्या बढ्दो छ । खोटाङमा यो तीन दिनमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
असोज १५, १७ र १९ गते गरी जिल्लामा सात जनामा कोरोना संक्रमण भएको हो । सुनसरीको दुहवीस्थित दङ्गाको तालिममा गएर जिल्ला प्रहरी कार्यालय फर्किएका प्रहरी जवानमा १५ गते सङ्क्रमण पुष्टि भएको हो । उनीहरुको १२ गते स्वाव सङ्कलन गरी परीक्षणका लागि टेकु पठाइएको थियो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बनाइएको आइसोलेसन वार्डमा राखिएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । यसअघि विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय आएका छ जना प्रहरी जवानमा कोरोना पुष्टि भएको थियो । ६ जना नै उपचारपछि घर फर्किसकेका छन् ।
यस्तै, खोटेहाङ गाउ“पालिका सावाकटहरेका एक जना, इन्द्रेणीपोखरीका एक र लिच्कीराम्चेका एक जना पुरुषमा असोज १७ गते कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै जन्तेढुङ्गा गाउ“पालिका–५ चिसापानीमा माइतीघर बिराटनगर पुगेर दश दिनअघि घर आएकी एक महिला र काठ्माण्डौंबाट घर आएका पुरुषमा पनि असोज १८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । महिला घर आएको पा“च दिनपछि बिराटनगरमा रहेका भाइलाई कोरोना पुष्टि भएपछि पीसीआर परीक्षणका लागि उनको असोज १५ गते स्वाव सङ्कलन गरिएको थियो । संक्रमण पुष्टि भएका दुबै जनालाई होमआइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको गाउ“पालिका अध्यक्ष प्रदीप राईले बताए । दुबै जनालाई घर आएदेखि नै होम क्वारेन्टाइनमा राखिएको हो । संक्रमित पुरुषसंगै आएका अन्य दुई जनाको भने पहिचान भएको छैन ।
यो सहित जिल्लामा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । अहिलेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पीसीआर परीक्षणमा पठाइएकामध्ये १५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४ जना, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा १ जना, साकेला गाउ“पालिकामा १ जना, ऐसेलुखर्क गाउ“पालिकामा १ जना र बराहपोखरी गाउ“पालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि विभिन्न समयमा सङक्रमण पुष्टि भएका २१ जना उपचारपछि घर फर्किसकेका छन् । दश स्थानीय तहमध्ये रावाबेसी गाउ“पालिकामा भने कोरोना संक्रमित फेला परेका छैनन् । लकडाउन खुलेपछि बाहिरबाट जिल्ला आउनेको संख्या भने ह्वात्तै बढेको छ । यसबारेमा खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने आफैं सतर्कता अपनाउनु पर्ने बताए । जिल्लाबासी भने आतङ्कित छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित