सहुलियत कर्जा लगानीमा बैंकहरुको आनाकानी

  • प्रकाशित मितिः आश्विन १५, २०७७
  • 986 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असोज १५–सहुलीयत कर्जा लगानीमा बैंकहरुले आनाकानी गरेको उद्यमीहरुले गुनासो गरेका छन् । नेपाल सरकार र राष्ट्र बैंकको निर्देशनलाई लत्याएर बैंकहरुले सहुलीयत कर्जा लगानीमा आनाकानी गरेको उद्यमीहरुले गुनासो गरेका हुन् ।
उद्यमी तथा पूर्व सभासद दुर्गाजयन्ती राईले नेपाल सरकारको बजेट तथा कार्यक्रम र राष्ट्र बैंकको मौद्रिक नीति अनुसार कर्जा माग गर्दा नदिएको गुनासो गरिन् । राईले गत एक वर्षदेखि अर्गानिक खाद्यवस्तु पसल सञ्चालन गर्दै आएकी छन् । पूजी“ अभावमा भनेजस्तो पसल चलाउ“न नसकेपछि महिला उद्यम सहुलीयतपूर्ण कर्जाका लागि दिक्तेलस्थित बैंक अफ काठमाण्डुको शाखामा जादा धितो विना कर्जा नदिने भनेपछि त्यसै फर्किएको बताइन् । ‘महिला उद्यम सहुलीयत कर्जाका लागि जादा बैंकले धितो माग्यो ।’ राईले भनिन्–‘विनाधितो दिनु पर्ने कर्जा नदिएपछि त्यत्तिकै फर्किए“ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हिराकुमारी श्रेष्ठको पनि समस्या उस्तै छ । उनले सञ्चालन गरिरहेको टेलरिङ सेन्टर बढाउ“न सहुलीयतपूर्ण कर्जा लिने योजना बनाएकी थिइन् । तर उनको पनि सपना खेर गएको छ । बैंकहरुले उक्त सहुलीयतकर्जा नदिएपछि आफू निरास भएको हिराकुमारी श्रेष्ठको भनाई छ । ‘मसंग धितो थिएन, विनाधितो ऋण माग्दा दिएन ।’ श्रेष्ठले भनिन्–‘नियम अनुसार धितोविनै ऋण दिनु पर्ने हो ।’
उनी लगायत थुप्रै उद्यमीहरु बैंकहरुले सहुलीयतपूर्ण कर्जा नदिदा निरास बनेको नेपाल चेम्बर्स अफ कमर्श खोटाङका अध्यक्ष खुसनारायण सैजूले बताए । सरकारको बजेट तथा कार्यक्रम र राष्ट्र बैंकको मौद्रिक नीति अनुसार महिला उद्यमी, दलित उद्यमी र वैदेशिक फर्किएका उद्यमीहरुलाई सहुलीयतपूर्ण कर्जा विनाधितो नै उपलब्ध गराउने उल्लेख थियो । ‘हरेक बैंकको शाखाले कम्तिमा छ जना उद्यमीलाई सहुलीयतपूर्ण विनाधितो कर्जा उपलब्ध गराउ“ने नीति छ ।’ सैजूले भने–‘बैंकहरुको बदमासीले उद्यमीहरु निरास छन् ।’
बैंकहरुले भने राष्ट्र बैंकले सहुलीयतपूर्ण कर्जा दिने सर्कुलर गरे पनि अहिलेसम्म लगानी नगरेको बताएको छ । धितो विनाका उद्यमी नभएकाले धितो मागिएको दिक्तेलस्थित बैंकअफ काडमाण्डुका प्रबन्धक हरिकुमार श्रेष्ठले बताए । ‘सहुलीयतपूर्ण कर्जाका लागि राष्ट्र बैंकले सर्कुलर गरेको छ ।’ श्रेष्ठले भने–‘तर धितो विनाका उद्यमी नभएकाले धितो मागिएको हो ।’ 
धितोजति अन्य बैंकमा राखेको र विनाधितो कर्जा माग्न आएकाले दिन नसकिएको श्रेष्ठले बताए । ‘धितोजति अरु बैंकमा राखेका छन् ।’ श्रेष्ठले थपे–‘अनि धितो विना कर्जा माग्न आएपछि दिन नसकिएको हो ।’
ज्योति विकास बैंक शाखा खोटाङका प्रवन्धक रोहित दाहालले भने अब कर्जा लगानी गर्ने प्रक्रियामा रहेको बताए । ‘अब सहुलीयतपूर्ण कर्जा लगानीको तयारी गरिएको छ ।’ दाहालले भने–‘राष्ट्र बैंकको निर्देशन अनुसारै सहुलीयतपूर्ण कर्जा लगानी गरिन्छ ।’
जिल्लामा राष्ट्रिय वाणिज्य बैंक (खोटाङबजार, ऐसेलुखर्क, बाक्सिला, दिक्तेल), नेपाल बैंक लिमिटेड (दिक्तेल), बैंकअफ काठमाण्डु (दिक्तेल), सालपा विकास बैंक (दिक्तेल, ऐसेलुखर्क, हलेसी, सिम्पानी, चिसापनी), सेन्चुरी (दिक्तेल, हलेसी, रावाबेसी), ज्योति (दिक्तेल), ग्लोबल आइएमई (दिक्तेल), कृषि विकास बैंक (चिसापानी, दिक्तेल), एनआइसी एशिया (दिक्तेल), सानिमा (दिप्रुङ चुइचुम्मा), एसबीआई (साकेला), सनराइज (बराहापोखरी), माछापुच्छे« (हलेसी) लगायतका ठाउ“हरुमा सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित