केपिलासगढीमा सडक मर्मत

  • प्रकाशित मितिः आश्विन १२, २०७७
  • 1014 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १३–केपिलासढी गाउ“पालिकामा अबरुद्ध सडक मर्मत सुरु गरिएको छ । पहिरोले अवरुद्घ सडक दसै–तिहारलाई लक्षित गरी गाउ“पालिकाले मर्मत गरेको हो ।
गत असोज ८ गतेदेखि जालपा–फेदी–बाक्सिला, जालपा–कादेल–बाक्सिला, बाक्सिला–सुङ्देल लगायतका गाउ“पालिका भित्रका मुख्य सडकहरु मर्मत सुरु गरिएको गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।
सडक मर्मतमा गाउ“पालिकाकै जेसिभी र व्यवासायीको स्काभेटर प्रयोग गरेर सडकमा थुप्रिएको पहिरो पन्छाउ“ने र खाल्डाखुल्डी सम्याउ“न सुरु गरिएको अध्यक्ष राईले सुनाए । वर्षाले सप्तेश्वरको दारेगौंडा, तापखोला, थर्पुडा“डा लगायतका ठाउ“हरुमा पहिरो गएको छ । बाक्सिलाबाट सुङ्देल जाने सडकको पिपलडा“डा लगायतका ठाउ“हरुमा समेत पहिरो गएको अध्यक्ष राईले जनाए ।
सडक मर्मत भएपछि यात्रा गर्नका साथै उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने गाउ“पालिकाले जनाएको छ । वर्षाका कारण जिल्लाका दश वटै स्थानीय तहमा सडक अवरुद्घ भएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले पनि सडक मर्मत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित