अब दिक्तेलमा स्वच्छ खानेपानी

  • प्रकाशित मितिः साउन २९, २०७५
  • 1982 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, साउन २९–अब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा व्यवस्थित खानेपानी सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकले सहयोगमा उक्त खानेपानी योजना सञ्चालन हुने भएको हो ।
नगर प्रमुख दीपनारायण रिजाल र खानेपानी तथा ढल विकास बिभाग काठमाडौंका डाइरेक्टर रामचन्द्र यादव बीच सम्झौता समेत भइसकेको छ । एशियाली विकास बैकको आर्थिक सहयोगमा एक हजार एक सय घरधुरीले स्वच्छ खानेपानी पिउन पाउने भएका छन् । नगरपालिकाका सञ्चालन हुने खानेपानी आयोजनाका लागि हप्ताभित्रमा टेन्डर आह्वान हुने नगर प्रमुख दीपनारायण रिजालले बताए । ‘आगामी १८ महिनाभित्र काम सम्पन्न गरेर ५० वर्षसम्म स्वच्छ खानेपानी उपलब्ध गराइनेछ ।’ 
खानेपानी विस्तारका लागि हाल दिक्तेलबजारमा सञ्चालनमा रहेको रम्बाखोला मुहान र रामपुर मुहानबाट तीन वटा मुहानबाट खानेपानी ल्याइने छ । ३२ करोडको लागतमा निर्माण हुने आयोजनाका लागि उपभोक्ताको पा“च प्रतिशत, सात करोड नगर विकास कोषबाट ऋण अनुदान र ७० प्रतिशत अर्थात अन्य सबै रकम एडिबीको सहयोगमा हुने नगर प्रमुख रिजालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित