अब दिक्तेलमा स्वच्छ खानेपानी
- प्रकाशित मितिः श्रावण २९, २०७५
- 1449 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता
खोटाङ, साउन २९–अब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा व्यवस्थित खानेपानी सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकले सहयोगमा उक्त खानेपानी योजना सञ्चालन हुने भएको हो ।
नगर प्रमुख दीपनारायण रिजाल र खानेपानी तथा ढल विकास बिभाग काठमाडौंका डाइरेक्टर रामचन्द्र यादव बीच सम्झौता समेत भइसकेको छ । एशियाली विकास बैकको आर्थिक सहयोगमा एक हजार एक सय घरधुरीले स्वच्छ खानेपानी पिउन पाउने भएका छन् । नगरपालिकाका सञ्चालन हुने खानेपानी आयोजनाका लागि हप्ताभित्रमा टेन्डर आह्वान हुने नगर प्रमुख दीपनारायण रिजालले बताए । ‘आगामी १८ महिनाभित्र काम सम्पन्न गरेर ५० वर्षसम्म स्वच्छ खानेपानी उपलब्ध गराइनेछ ।’
खानेपानी विस्तारका लागि हाल दिक्तेलबजारमा सञ्चालनमा रहेको रम्बाखोला मुहान र रामपुर मुहानबाट तीन वटा मुहानबाट खानेपानी ल्याइने छ । ३२ करोडको लागतमा निर्माण हुने आयोजनाका लागि उपभोक्ताको पा“च प्रतिशत, सात करोड नगर विकास कोषबाट ऋण अनुदान र ७० प्रतिशत अर्थात अन्य सबै रकम एडिबीको सहयोगमा हुने नगर प्रमुख रिजालको भनाई छ ।