हलेसी तुवाचुङमा कोरोना अस्पताल बनाइने

  • प्रकाशित मितिः आश्विन ७, २०७७
  • 753 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ७–हलेसी तुवाचुङ नगरपालिकाले पनि कोरोना अस्पताल बनाउने भएको छ । उक्त नगरपालिकाको दुर्छिम छापडाडा“ वा हलेसी चौकीको भवनमा पा“च शैयाको कोरोना अस्पताल बनाउने भएको हो ।
नगर प्रमुख इवन राईका अनुसार स्वास्थ्य जनशक्ति र स्वास्थ्य सामग्रीको व्यवस्था हुने साथ अस्पताल सुरु गरिने छ । स्वास्थ्य जनशक्तिका लागि सूचना जारी गरिएको राईले सुनाए । उनका अनुसार एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना अफिस असिस्टेण्डका लागि सूचना जारी गरिसकेको छ । अस्पताललाई आवश्यक सामग्री खरिदका लागि समेत प्रक्रिया बढाइएको नगरप्रमुख राईको भनाई छ ।
संघीय सरकारले दश लाख र नगरपालिकाले अन्य आवश्यक खर्च गरी अस्पतालको तयारी गरिएको राईले सुनाए । दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले पनि कोभिड १९ अस्पताल सञ्चालनको तयारी थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित