नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले कोभिड १९ अस्पताल बनाउ“ने तयारी गरेको छ । भदौ २१ गतेको बैठकले उक्त पालिकाकै वडा नं १ याम्खाको स्वास्थ्य चौकी भवनमा पा“च शैयाको अस्थायी कोभिड १९ अस्पताल बनाउ“ने निर्णय गरेको हो ।
कोरोना संक्रमण प्रकोप बढ्दै गएकाले कोरोना अस्पताल बनाउ“न लागिएको गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए । उनका अनुसार संघीय सरकारको दश लाख र गाउ“पालिकाको ३५ लाख रुपैया“को लागतमा उक्त अस्पताल बनाइने भएको हो । ‘कोरोना संक्रमण बढिरहेको छ, यसलाई मध्यनजर गर्दै कोरोना अस्पताल बनाउन लागिएको हो ।’ अध्यक्ष राईले भने–‘अब छिट्टै नै सञ्चालनमा आउने छ ।’
अध्यक्ष राईका अनुसार एक जना डाक्टर, दुई जना स्टाफनर्स, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगी हुने छन् । यसका लागि सूचना जारी गरिसकेको अध्यक्ष राईले सुनाए । यो अस्पताल बनेपछि कोरोना संक्रमितलाई अन्यत्र लान नपर्ने राईको दाबी छ । ‘आवश्यक जनशक्तिका लागि सूचना पनि जारी गरिसकिएको छ ।’ राईले भने–‘जनशक्तिको व्यवस्था हुनेसाथ अस्पताल सञ्चालनमा आउने छ ।’
तस्बिर सौजन्य ः दिप्रुङ चुइचुम्मा गाउ“पालिका
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित