सामुहिक खेतीमा आकर्षित

  • प्रकाशित मितिः भदौ २९, २०७७
  • 1978 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २९–‘विहान उज्यालो भएदेखि बेलुकीसम्मै बिजी हुन्छु ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ आचार्यगाउ“ उर्लेनीकी आरती सुवेदी आचार्यले भनिन्–‘कुटनी–पिसनी मिलदेखि तरकारी बारीसम्म हेर्नु पर्छ ।’

arati5
उर्लेनी नमूना कृषक समूह नामबाट यहा“का समुदाय सामुहिक व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् । घरेपिच्छे ट्रनेलमा गोलभेडा, कोपी, अकबरे खुर्सानी, धनिया, सिमी, लसुन लगायतको बाली लगाएका छन् । यसबाट राम्रै आन्दानी गर्ने सपना सजाएको उर्लेनी कृषक समूहकी अध्यक्ष समेत रहेकी आरती सुवेदी आचार्यले सुनाइन् ।

arati4
उनीहरुको जा“गरलाई देखेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले होस्टेमा हैसे गरेको छ । एउटा कुटनी–पिसनी मिल, मकै छोडाउ“ने मेसिन, जोख्ने मेसिन, ट्रनेल लगायतका सामग्री उपलब्ध गराएको समूहकी सचिव निर्मला फुयाल आचार्यले सुनाइन् । उनीहरुले सामुहिक कुखुरा पालन पर्ने गर्ने तयारी गरेका छन् । उक्त कुखुरा पालनका लागि खोर समेत बनाएका छन् ।

Aarati1

मिलबाट वार्षिक एक लाखको हाराहारीमा आम्दानी हुने अनुमान गरेका छन् । समूहका सदस्यहरुलाई भने कुटनी–पिसनी निःशुल्क गरिएको फुयालले जनाइन् । सामुहिक खेतीका लागि जग्गा लिजमा लिएका छन् । वार्षिक चालीस हजार रूपैया“मा जग्गा लिएर सामुहिक खेती गरेका हुन् ।

arati2 1

उनीहरुको समूहमा दुई पुरुष सहित नौ सदस्य आबद्ध छन् । सामुहिक काम सुरु गरेपछि एक आपसमा भाइचारा र सद्भावको भावना विकास भएकाले आफूहरुलाई काम गर्न सहज भएको आरतीको भनाई छ । यसले नेतृत्व विकासमा पनि सहज भएको आरतीको बुझाई छ । यद्यपि उक्त सामुहिक खेतीको व्यवस्थापन भने चुनौति देखिएको छ । यसलाई मध्यनजर गर्दै काम गरे सफलता हात पर्ने निश्चित छ ।

Arati3 1

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित