दिक्तेलमा करदाता सेवा कार्यालय स्थापना हुने

  • प्रकाशित मितिः साउन २२, २०७५
  • 3224 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, साउन २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । जिल्लाका करदाताहरुलाई सेवा प्रवाह र संकलन हुने राजश्व संकलनमा सहजता दिलाउन करदाता सेवा कार्यालय स्थापना गर्न लागिएको हो ।
मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले आन्तरिक राजश्व कार्यालय लहान सम्पर्क कार्यालय रहनेगरि दिक्तेलबजारमा करदाता सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘मन्त्रीपरिषद्ले गरेको निर्णय अनुसार अब केही दिनमै दिक्तेलबजारमा कार्यालय स्थापना गरेर काम सुरु हुनेछ ।’ भट्टराईले भने–‘यो जिल्लावासीको लागि खुसीको खबर हो ।’
आफ्नै जिल्लामा कर तिर्न पाउनेगरि कार्यालय स्थापना हुने भएपछि जिल्लाका करदाताहरु हर्षित भएका छन् । यसअघि जिल्लाका करदाताहरुले तीन दिन लगाएर सिरहाको लहान पुगेर करसम्बन्धी काम गर्दै आएका थिए ।
मन्त्रीपरिषद्को बैठकले धादिङ र नुवाकोट जिल्लाका करदाताका लागि समेत सोही जिल्लाबाट राजश्व संकलन गर्नेगरी करदाता सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सो दुवै जिल्लाको करदाता सेवा कार्यालयको सम्पर्क कार्यालय आन्तरिक राजश्व कार्यालय कलंकीमा रहने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित