सविना अछामे–
खोटाङ, भदौ २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा कम्पोष्ट मल उत्पादन सुरु हुने भएको छ । नगरपालिकाले कम्पोष्ट मल उद्योग र बायोग्या“स प्लान्टका लागि सम्पूर्ण पूर्वाधार सकेपछि उत्पादनको तयारी चरणमा पुगेको हो ।
नगरपालिकालाई अर्गानिक बनाउ“ने उद्देश्यले प्राङ्गरिक मल उद्योग तथा बायोग्यास प्लान्ट स्थापना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार, नेर्पा, बाम्राङ, सोल्मा लगायत वरिपरिको कुहिने, सड्ने, मक्किने वस्तुलाई प्रशोधन गरेर प्राङ्गरिक मल उत्पादन गर्ने र मानव मलमुत्रबाट बायोग्या“स उत्पादन गरिएको नगर प्रमुख रिजालले बताए ।
नगरपालिकाको तीन करोड ३२ लाख रुपैया“को लागतमा उक्त उद्योग तथा बायोग्यास प्लान्ट उत्पादन गरिएको नगरप्रमुख रिजालले सुनाए । उक्त उद्योगबाट उत्पादित मल भ्यालिडिटीका लागि ल्याब टेष्ट गराउ“ने र त्यसका लागि आवश्यक जनशक्ति व्यवस्था गरेर केही दिनै सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरप्रमुख रिजालको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित