दिक्तेल बजारको रुप फेरिदै

  • प्रकाशित मितिः भदौ २२, २०७७
  • 1220 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ २२–दिक्तेल बजारको सडक ढलान भएपछि बजारको मुहार फेरिएको छ । दिक्तेलको रत्नपार्क किरात चौकदेखि संगमटोल, त्रिवेणीचौकदेखि लोकसेवा र पुष्पलाल मार्ग ढलान भएपछि दिक्तेल बजारको मुहार फेरिएको हो ।

3

किरात चौकदेखि संगमटोलसम्मको करिब छ सय मिटर सडक शहरी विकास तथा भवन निर्माण विभागको तीन करोड २८ लाख रुपैया“को लागतमा निर्माणाधीन अवस्थामा छ । त्यस्तै त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालयसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक करोड तीन लाख लागतमा करिब दुई सय ५० मिटर सडक निर्माण सकिएको हो ।

4

त्यसै गरी नगरपालिकाकै ५१ लाख ६० हजार तीन ३६ लागतमा भवनगैरास्थित पुष्पलाल चोकदेखि कृषि ज्ञान केन्द्रसम्मको करिब दुई सय ३९ मिटरको सडक ढलान भएपछि बजारले रुप फेरेको हो । प्रदेश नं १ सरकारको ५५ लाखको लागतमा पुरानो बैङ्कचोकदेखि झिसेपु मन्दिर जाने सडक खण्डमा दुई सय ५४ मिटर ढलान भएको छ । यसले झनै बजारको रुप फेरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित