सविना अछामे–
खोटाङ, भदौ २२–दिक्तेल बजारको सडक ढलान भएपछि बजारको मुहार फेरिएको छ । दिक्तेलको रत्नपार्क किरात चौकदेखि संगमटोल, त्रिवेणीचौकदेखि लोकसेवा र पुष्पलाल मार्ग ढलान भएपछि दिक्तेल बजारको मुहार फेरिएको हो ।
किरात चौकदेखि संगमटोलसम्मको करिब छ सय मिटर सडक शहरी विकास तथा भवन निर्माण विभागको तीन करोड २८ लाख रुपैया“को लागतमा निर्माणाधीन अवस्थामा छ । त्यस्तै त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालयसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक करोड तीन लाख लागतमा करिब दुई सय ५० मिटर सडक निर्माण सकिएको हो ।
त्यसै गरी नगरपालिकाकै ५१ लाख ६० हजार तीन ३६ लागतमा भवनगैरास्थित पुष्पलाल चोकदेखि कृषि ज्ञान केन्द्रसम्मको करिब दुई सय ३९ मिटरको सडक ढलान भएपछि बजारले रुप फेरेको हो । प्रदेश नं १ सरकारको ५५ लाखको लागतमा पुरानो बैङ्कचोकदेखि झिसेपु मन्दिर जाने सडक खण्डमा दुई सय ५४ मिटर ढलान भएको छ । यसले झनै बजारको रुप फेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित