अब जालपामा नास्पतीको पेरी र जुस

  • प्रकाशित मितिः भदौ १८, २०७७
  • 1033 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–१२ जालपामा नास्पातीबाट जुस र पेरी उत्पादन सुरु गरिएको छ । उक्त ठाउ“मा नास्पाती उत्पादन राम्रो भए पनि बजार अभावमा खेर गइरहेको नास्पातीलाई प्रशोधन गरी आम्दानीको मेसो समात्न जनसेवा कृषि सहकारी संस्थाले नास्पतीको जुस तथा पेरी उत्पादन तयारी सुरु गरेको हो ।
जालपाका वडाध्यक्ष विकास राईका अनुसार नास्पातीबाट जुस पेरी उत्पादन हात तथा विद्युतबाट सञ्चालन हुने मेसिन खरिद गरेर नासपाती संकलन सुरु गरिएको हो । भदौको १५ गते एकै दिन स्थानीय किसानबाट प्रतिकेजी चार रुपैया“को दरले एक हजार नास्पाती खरिद गरेर ट्याक्टरमा संकलन गरिसकिएको छ । जुस र पेरी उत्पादनका लागि नास्पाती खरिद सुरु भएपछि स्थानीय किसान किसान खुसी भएका छन् । जालपामा मात्र र्वािर्षक १० हजार केजीको हाराहारीमा उत्पादन हुने नास्पातीलाई प्रशोधन गर्दै जुस र पेरी उत्पादन तयारी गरिएको राईले बताए ।
सडेर गहिरहेका नास्पातीबाट जुस र पेरी उत्पादका लागि वडा कार्यलयले मेसिन खरिद र उत्पादन तालिम सहयोग गरेको राईले जनाएका छन् । नास्पातीको जाम पनि बन्ने तर अहिले जुस र पेरी मात्र उत्पादन गर्ने तयारी गरेको राईले जनाए । वडाध्यक्ष राईका अनुसार अहिले नास्पाती सङ्कलन गरेर रस निकाल्ने काम हुदै“छ । भदौ २० गतेदेखि तालिम दिएपछि औपचारिक रुपमा जुस र पेरी उत्पादन, लेवलिङ, बोटलिङ र बजारीकरणको काम सुरु हुनेछ ।
कोराना माहामारीका कारण हाल काठ्माडौं लकडाउन भएकाले हाललाई जुस र पेरी ड्रममा राखिने छ । सहज वातावरण भएपछि आवश्यक सामाग्री जुस र पेरीको लेबलिङ र बोटलिङको काम गर्ने तयारी गरिएको जनसेवा कृषि सहकारी संस्थाले जनाएको छ । जालपामा नास्पातीबाटजस्तै सुन्तला, आल्चा, आ“प लगायतका मौसमी फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राईले बताए । लटरम्म फल्ने र पाकेपछि झरेर नास्पतीबाट जालपामा २०५८÷०५९ सालमै पनि पेरी ‘वाइन’ उत्पादन अभ्यास गरिएको थियो ।
जापानिज, लोकल लगायतका जातको नास्पाती प्रसस्त मात्रामा उत्पादन भए पनि बजार अभावमा कुहेर बगानमै नस्ट हुने गरेको छ । दिक्तेल, लफ्याङ, बाझेंच्यानडा“डा, रतन्छा, खिदीमा, कुभिन्डे, टेम्मा, पाथेका, हलेसी लगायतका वडामा उत्पादित नास्पातीले मुल्य नपाउ“दा खेर जाने गरेको किसानहरुले बताएका छन् । नास्पातीबाट जुस बनाउ“न सकिन्छ तर जिल्लामा त्यसको व्यवसायिक अभ्यास हुन नसकेको वडाध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित