नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १७–माथिल्लो रावाखोला जलविद्युत आयोजना केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । केपिलासगढी गाउ“पालिकाको रावाखोलामा उत्पादित तीन मेगावाट क्षमताको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।
उक्त विद्युत रावा इनर्जी डेभलपमेन्ट प्रालिले उत्पादन गरेको हो । केपिलासगढी गाउ“पालिकाको वडा नं ६ दिप्सुङ र वडा नं–७ सुङ्देलको बीचमा पर्ने रावाखोलामा उत्पादन गरिएको विद्युत भदौ १५ गते केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रबद्र्धक–सञ्चालक मुक्ति तिमिल्सेनाले बताए । ‘भदौ १५ गते केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।’ तिमिल्सेनाले भने–‘भदौ १६ गतेदेखि नेपाल विद्युत प्राधिकरणले मिटर सिल पनि गरिसकेको छ ।’
केपिलासगढी गाउ“पालिका–४ बाक्सिलामा सव–स्टेशन बनाएर गाइघाट–दिक्तेल ३३ केभी प्रशारणलाइन अन्तरगत बुइपा सव–स्टेशनमा जोडिएको हो । रावा खोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट २१ सय मिटर लामो पाईप लाइन मार्फत सुङदेलकै दाम्कुबेंसीमा पानी खसाएर विद्युत उत्पादन गरिएको हो । राष्ट्रिय वाणिज्य बैंकको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करिब ६० करोडको लागतमा उक्त आयोजना सम्पन्न भएको तिमिल्सेनाले सुनाए ।
करिब चार वर्षमा उक्त आयोजना सकिएको हो । २०७३ सालदेखि कन्ट्रक्सनको काम सुरु गरिएको थियो । यो आयोजना जिल्लामा निजी क्षेत्रबाट सम्पन्न भएकामध्ये सबैभन्दा ठूलो क्षमताको जलविद्युत आयोजना हो । माथिल्लो रावा खोला साना जलविद्युत आयोजनाको पावरहाउस, हेड, पाइप अड्याउने स्याडल, एंकर ब्लक लगायतका सिभिल कन्ट्रक्सनको काम ट्रिपल एक्स कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले, जेनेरेटर, टर्वाइन, ट्रान्सफर्मर, प्यानल उपकरण जडान लगायतका इलेक्ट्रो मेकानिकलको काम सिमर इनर्जीले तथा इन्जिनियरिङको काम काम युनिट्स ईन्जिनियरिङ कन्सटेन्सीले गरेको हो ।
तस्बिर सौजन्य : मुक्ति तिमिल्सेना
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित