काकाकुल हलेसी

  • प्रकाशित मितिः भदौ १६, २०७७
  • 894 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १६–‘सात पुस्तादेखि पानीको समस्या टरेको छैन ।’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ६१ वर्षीय चन्द्रबहादुर राईले भने–‘खानेपानी नभएपछि गाउ“लेहरु बसाई नै सरेका छन् ।’
उनी लगायत हलेसी क्षेत्रका अधिकांशलाई खानीपानी समस्याले पिरोलेको छ । नजिकमा मुहान नहुदा घण्टौ लगाएर पानीको जोहो गर्नु परेको दुर्छिम जोरकाफलकी रेनुका राईले सुनाइन् । ‘पानी लिन खाजा लिएर जानु पर्छ ।’ उनले भनिन्–‘कुवामा पानी भरिएको छ र पालो पाइयो भने एक घण्टा लाग्छ ।’ उनले भनिन्–‘नत्र दिनभरि पर्खिन पर्ने हुन्छ ।’
समग्र हलेसी क्षेत्रलाई खानेपानी पु¥याउ“न तीन वर्षअघि बृहत पम्पिङ खानेपानी आयोजना निर्माण सुरु गरिए पनि अलपत्र परेपछि स्थानीय निरास छन् । ‘बृहत पम्पिङ प्रविधिको खानेपानी आयोजना सम्पन्नपछि खानेपानीको हाहाकार टर्छ भनेर आशा गरिएको थियो ।’ निर्माण उपभोक्ता समितिका उपाध्यक्ष डिल्ली चाम्लिङले भने–‘आयोजना सकिनुको साटो अलपत्र परेपछि हामी निरास छौं ।’
निर्माण कम्पनीको गैरजिम्मेवार बनेपछि निर्माणअवधि सकिए पनि आयोजना भने अपूरै रहेको चाम्लिङको गुनासो छ । हलेसी तुवाचुङ नगरपालिका बाहुनीडाडा“ कदुवाको लिलिमाबेसीबाट डिकुवाको भुम्जुडाडा“मा र हलेसी तुवाचुङ नगरपालिका सल्लेको महादेवबेसीबाट महादेवस्थानको काभ्रेडाडा“सम्म पम्पिङ गरेर उक्त नगरपालिकाको सात वटा वडाका करिब ३८ सय २५ घरधुरीलाई खानेपानी पु¥याउ“नका लागि सुरु गरिएको योजना अलपत्र परेको हो ।
करिब ३१ करोड ७५ लाख ९६ हजार रुपैया“को लागतमा २०७६ साल मङ्सिरमा सक्ने गरी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते कामको ठेक्का सम्झौता गरेको थियो । उक्त समयमा नसकेपछि स्थानीयले खानेपानी मन्त्रालयसम्म गुहार माग्दा समेत निर्माण कम्पनीले अटेर गरेको उपभोक्ता समितिका उपाध्यक्ष चाम्लिङले सुनाए ।
महादेवबेसीदेखि काभ्रेडाडा“ र लिलिमादेखि भुम्जुडाडा“ बीचमा ६÷६ वटा लिफ्ट ट्यांकी निर्माण, ६÷६ किलोमिटर पाइपलाइन, विद्युतीकरण, ट्रान्सफर्मर जडान लगायतका कामहरु गर्नु पर्ने संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हिराकाजी महर्जनले बताए । यस्तै भुम्जुडाडा“ र काभ्रेडाडा“मा ३÷३ लाख लिटरको चार वटा रिजर्भ ट्यांकी निर्माण गर्नुपर्ने छ । यसमध्ये ६÷६ वटा बनाउनु पर्ने लिफ्ट ट्याङ्कीमध्ये ४÷४ वटा मात्र बनाइएको महर्जनले सुनाए । उनका अनुसार उक्त आयोजनाको काम करिब ७५ प्रतिशत भएको छ । गत मङ्सिरमा म्याद सकिए पनि फेरि थप गरेर आगामी मङ्सिरसम्ममा काम सक्ने योजना बनाइएको महर्जनले जनाए । यद्यपि निर्माण कम्पनीहरु भने बेखबर बनेकाले उक्त समयमा पनि आयोजना नसकिने उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन् ।
उक्त निर्माण कम्पनीले गरेको काम पनि गुणस्तरहीन भएको स्थानीयको गुनासो छ । सल्लेको महादेवबेसीबाट काभ्रेडाडा“सम्म पानी निकाल्न बिछ्याइएको करिब दुई सय मिटरजति पाइपमा खिया लागेको, खोलै–खोला पाइप बिछ्याएकाले बाढीले बगाउ“ने भएकाले खानेपानी समस्या हुने लगायतको गुनासा गरेका छन् । त्यस्तै लिलिमाबेसीबाट भुम्जुडाडा“सम्म पानी निकाल्न बिछ्याइएको पाइप पनि खोलामै भएकाले पछि समस्या आउन सक्ने भन्दै स्थानीयले गुनासो गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
उक्त आयोजनाकै वितरण लाइनको काम जिम्मा लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे र लामा कन्ट्रक्सन जेभीको काम पनि सन्तोषजनक नभएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष चयन्त्र राईले बताए । उक्त नगरपालिकाका विभिन्न वडाहरुमा गत असारसम्ममा वितरण गरिसक्नु पर्ने खानेपानी अपूरै रहेको राईले गुनासो गरे ।
सल्लेको महादेवबेसीबाट काभ्रेडाडा“मा (करिब १५ सय मिटरमाथि) निकालिएको पानी २०७७ असारसम्ममा वितरण गर्ने गरी रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले ठेक्का लिएको थियो । करिब २६ करोड ८५ लाख रुपैया“को बजेटमा उक्त नगरपालिकाको वडा नं ५ दुर्छिम, ६ मङ्गलटार र ७ महादेवस्थानमा गत असारसम्म पानी वितरण गरिसक्ने गरी २०७५ असार ३१ गते संझौता गरेको थियो । यद्यपि कामको प्रगति भने करिब ५० प्रतिशत मात्र भएको छ । उक्त रमन सगरमाथा–सगरमाथा घिमिरे निर्माण कम्पनीले ७३ वटा आरभीटी ट्याङ्की, एक सय ७७ किलोमिटर पाइपलाइन लगायतको कामको जिम्मा लिएको थियो ।
यस्तै लिलिमाबेसीबाट भुम्जुडाडा“मा निकालिएको (करिब १५ सय मिटरमाथि) खानेपानी वितरण पनि अलपत्र परेको छ । गत २०७७ असारभित्र वितरण गरिसक्नु पर्ने उक्त काम लामा कन्ट्रक्सनले जिम्मा लिएको थियो । करिब ३७ करोड ९३ लाख ५७ हजारको लागतमा उक्त नगरपालिकाको वडा नं १ बाहुनीडाडा“, २ डिकुवा, ३ च्यास्मिटार र ४ बडहरेमा पानी वितरण गर्ने गरी २०७५ असार ३१ गते उक्त कम्पनीले संझौता गरेको थियो । यद्यपि काम भने करिब ६० प्रतिशत मात्र भएको महर्जनको भनाई छ ।

राजनीतिक भागबण्डामा उपभोक्ता समिति बनेको र त्यसले काम गर्न नसक्दा बेलामा आयोजना नसकिएको स्थानीयको भनाई छ । कामको आवश्यकता भन्दा पनि राजनीतिक भागबण्डाको आधारमा उपभोक्ता समिति निर्माण गरिएकाले निर्माण कम्पनीहरुसंग अनुचित सम्वन्ध रहेकाले आयोजना ढिलाई भएको स्थानीयको आरोप छ । उपभोक्ता समिति अध्यक्षमा इवन राई (कांग्रेस, हाल नगरप्रमुख), उपाध्यक्ष डिल्ली चाम्लिङ (तत्कालीन एमाले) सचिव आमोद राई (तत्कालीन माओवादी), कोषाध्यक्ष तुलसी तिलुङ (खम्बुवान) लगायतका पदाधिकारी राजनीतिक भागबण्डामा बनाइएको हो । उपभोक्ता समितिका अध्यक्ष तथा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले भने लकडाउनले काममा असर गरेको र अब एक वर्षभित्रमा सकिने बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित