९५ प्रतशत काम

  • प्रकाशित मितिः श्रावण १५, २०७५
  • 1439 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, साउन १५–आर्थिक वर्ष २०७४÷७५ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ९५ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । मङ्गलबार आयोजित पत्रकार भेटघाटमा मेयर दीपनारायण रिजालले यत्तिको प्रगति प्रस्तुत गरेका हुन् ।
मेयर रिजालका अनुसार सडक निर्माण, कृषि, पर्यटन लगायतका सामाजिक विकासका कार्यक्रमहरुमध्ये ९५ प्रतिशत प्रगति भएको हो । दुई सय नौ वटा नगर योजनामध्ये पा“च लाख रुपैया“ भन्दा कमको एक सय ४२, पा“चदेखि दश लाख रुपैया“सम्मको ३६ र दश लाख रुपैया“ भन्दा माथिका २७ योजनामध्ये ९५ प्रतिशत सम्पन्न भएको मेयर रिजालले सुनाए ।
सडक अन्तरगत कच्ची सडक ३४, सडक चौडाई २९, सडक स्तरोन्नति २४ र सडक मर्मत २५ किलोमिटर सम्पन्न भएको छ । सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य लगायतको प्रगति पनि यही अनुसार भएको रिजालले बताए । यस बाहेक कृषिमा कागती, किवी, केरा, लिची र अलैची पकेट क्षेत्र विकास, रेन्बोट्राउट माछा विकास लगायतको प्रगति भएको रिजालले जनाए ।
नगर विकासको दूर दृष्टिलाई ध्यानमा राखेर आवधिक नगर विकास योजना निर्माण, विभिन्न ऐन, नियमावली र कार्यविधि निर्माण गरी स्थानीय राजपत्र प्रकाशन लगायतका उल्लेख्य काम भएको रिजालले बताए । उनका अनुसार ६ वटा ऐन, तीन वटा नियमावली र पा“च वटा कार्यविधि निर्माण र त्यसलाई स्थानीय राजपत्रमा प्रकाशन गरी कार्यान्वयनको चरणमा पुगेको हो ।
पर्यटन विकास अन्तरगत भुलभुले, मझुवागढी देविथान, साप्सुढाप, नुनथलामा गुम्बा, महरेगढी लगायतका महत्वपूर्ण योजना निर्माणाधीन अवस्थामा रहेको मेयर रिजालले सुनाए । यो आर्थिक वर्षमा विकासे काम अझ गतिशील हुने रिजालले दाबी गरे । ‘यो वर्ष ठूला योजनाहरु मात्र सञ्चालन गरिने छ ।’ रिजालले भने–‘साना र उपलब्धि विहीन हुने योजना यो वर्ष सञ्चालन हुने छैन ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित