जिल्ला अस्पताल खोटाङको बन्द सेवा सुरु

  • प्रकाशित मितिः भदौ ११, २०७७
  • 1575 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ११–जिल्ला अस्पताल खोटाङले सबै सेवा सुरु गरेको छ । गत भदौ ४ गते रेफर भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी १६ वर्षीया युवतीमा कोरोना पुष्टि भएपछि भदौ ९ गतेबाट आकस्मिक र प्रसुति बाहेकका अन्य सेवा बन्द गरेको थियो ।
कोरोना संक्रमित युवतीको उपचारमा संलग्न लगायत ५० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले सेवा सुरु गरेको अस्पतालका चिकित्सक शैलेश श्रेष्ठले बताए । चिकित्सक श्रेष्ठका अनुसार प्रदेश प्रयोगशालाले बिहीबार रिपोर्ट नेगेटिभ भएको जानकारी गराएपछि अस्पतालले सेवा सुरु गरेको हो । भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी युवतीको स्वास्थ्य अवस्था झनै जटिल बनेपछि भदौ ४ गते पाटन अस्पताल रेफर गरिएको थियो । पाटन अस्पतालमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित