दृष्टिकोण : समृद्ध मुलुक बनाउने

  • प्रकाशित मितिः श्रावण १३, २०७५
  • 2382 पटक पढिएको
  • संवादताता

टंक कटवाल-

नेपाली जनतालाई सुखी, सम्पन्न र समृद्ध बनाउन नसके संघीयताको अर्थ रहदैन । त्यसैले संघीयताको महत्वपूर्ण पक्ष देश विकसित बनाउने र जनता सुखी र समृद्ध बनाउने हो ।

देश संघीयतामा प्रवेशप गरिसकेको छ । संघीयताको अवधारणाअनुसार तीन तहका सरकार निर्वाचनको माध्यमबाट गठन भइसकेको छ । जोहान्स् अल्थुसियमलाई संघीय अवधारणाका पिताको रुपमा लिइन्छ । आफ्नो शहर इम्लेण्डलाई फ्रान्सबाट स्वतनत्र राख्न उनले यो अवधारण सन १६०३ मा ल्याएका हुन् । खास गरेर फ्रान्स्बाट आफ्नो शहर स्वतन्त्र हुनु पर्छ जनताले आफ्नो आवश्यकता आफैं पूरा गर्न र आरामदायी जीवन यापन गर्न पाउनु पर्छ भन्ने अवधारणा अघि सारेका हुन् । त्यही अवधारणाले पछि संघीय स्वरुपको मान्यता पाएको पाइन्छ । राज्य र केन्द्रसंगको सम्वन्ध र अधिकारको बा“डफा“ट समेतलाई आधार मानेर संघीयतामा विभाजन गरेको पाइन्छ । 
दोहोरो संघीय संरचना :
दोहोरो संघीय संरचनामा राज्य र केन्द्र दुबैको आफ्नो काम स्वतन्त्र रुपले गर्ने भएकाले काममा दोहोरोपना हुन्छ । बेल्जियम, अष्ट्रेलिया, ब्राजिल र स्वीजरल्याण्ड यस बर्गमा पर्दछ । 
संघीय संरचना :
प्रतिष्पर्धात्मक संघीय संरचना अनुसारको काम बा“डफ“ाड गरिएको हुन्छ । धेरै अधिकार केन्द्र र राज्य बीच बा“डफा“ड गरिएको हुन्छ । जर्मनी, दक्षिण अफ्रिका, क्यानडा यस बर्गमा पर्छ ।
आदेशात्मक संघीय संरचना :
आदेशअनुसार चल्ने संघात्मक संरचनालाई आदेशात्मक संघीय संरचना भनिन्छ । यो नाम मात्रको संघीय संरचना हो । केन्द्रले दिएको अधिकार मात्र संघीय राज्यसंग हुन्छ । अष्ट्रिया, मलेसिया, मेक्सिको यस वर्गमा पर्छ । यसरी हेर्दा विभिन्न राज्यहरु एकात्मक वा संघीय संरचनामा रहेका छन् । एकात्मक वेलायतजस्तो संरचना भएको संघात्मक राज्य अमेरिकाजस्तो संरचना भएको भारत जस्तो अर्घ संघात्मक संरचना भएको र दक्षिण अफ्रिकाजस्तो सहसंघात्मक संरचनाहरु भएका देशहरु छन् । नेपाल पनि अमेरिकाजस्तो संघात्मक राज्य संरचनाको स्वरुप देखिन्छ । 
संघीय संरचनाको विकास श्रोत साधनको उपयोग, उत्तरदायित्वको निर्वाह, केन्द्रसंगको सम्वन्ध, छिमेकी संघीय राज्यसंगको निकटताका आधारमा विकास हुने गरेको पाइन्छ । संघीय संरचना मार्फत देशमा शासन सञ्चालन भएमा देशको समग्र विकासमा तिब्रता आउने विश्वास गरिन्छ । त्यसले देश संघीयतामा जानाले धेरै फाइदा भएको छ । शक्तिको विकेन्द्रीकरण भइ तल्लोतहसम्म पुग्दछ । स्थानीय नेतृत्वको विकासको अवसर प्राप्त हुन्छ । लोकतन्त्रको अभ्यास पूर्ण रुपमा हुन सक्छ । सरकार र जनता बीचको सम्वन्ध नजिक हुन्छ । विविधतालाई समेट्न सकिन्छ । देश संघीयतामा गइसकेपछि केही असरहरु पनि पर्ने देखिन्छ । खर्च बढ्ने वा संघीयता महंगो प्रणाली पनि हो । साथै क्षेत्रीय असमानताहरु बढ्न सक्छ । 
हाम्रो देशको संघीयताको स्वरुप कस्तो हुने भन्ने अझै संघीयताको कार्यान्वयनले कसरी प्रभाव पार्दछ भन्नेमा निर्भर रहने देखिन्छ । देश संघीयतामा गइसकेपछि आयश्रोतका लागि करको दायरालाई फराकिलो बनाउने देखिन्छ । प्रत्येक जनतालाई करको दायरामा ल्याउनु भन्दा पहिला जनतालाई कर तिर्न सक्ने बनाएर कर लगाउ“दा उपयुक्त हुने देखिन्छ । आय श्रोत उत्पादनमुखी भए संघीयतालाई थप टेवा पु¥याउ“न सक्ने देखिन्छ । त्यसैले उत्पादनमुखी आयश्रोतको आवश्यकता अपरिहार्य छ । 
यसका साथसाथै निजी लगानीलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउ“न आवश्यक छ । निजी लगानी अनुत्पादक कार्यमा लगानी भइसहेको छ । एउटा व्यक्ति आफ्नो आयश्रोत होस् वा ऋण लिएर घडेरी र घर बनाउने कार्यमा लगानी गर्न तत्पर हुन्छ । तर उत्पादनमुलक कार्यमा लगानी गर्न तत्पर देखिदैन । त्यसैले उत्पादनमुलक कार्यमा लगानी गर्ने वातावरण सरकार पक्षबाट बनाउन अपरिहार्य छ । शरीर सफा गर्नलाई टाउकोबाट पानी खन्याउनै पर्छ । त्यसैले संघीयतामा देशलाई अर्थतन्त्रबाट मजबुद बनाउन मुहान सफा राख्नै पर्छ । सबैको मन जित्ने प्रशासनिक कार्य गर्नै पर्छ । जनताको काम चुस्त र दुरुस्त बनाउनै पर्छ । सबै पक्षलाई करको दायरामा ल्याउनै पर्छ । तर जनतालाई सक्षम बनाउन भने पर्छ नै । देशले यथेष्ट मात्रमा रकम जम्मा गरी आर्थिक समृद्धिको बाटोमा लाग्नै पर्छ । जसले संघीयता टिकाओस् । नेपाली जनता सुखी र समृद्ध बनुन् यही सबै पक्षमा ध्यान जाओस् । 
नेपाली जनताको त्याग र बलिदानीपूर्ण संघर्षले ल्याएको संघीयता कार्यान्वयनमा त्यत्तिकै ध्यान दिन आवश्यक छ । नेपाली जनतालाई सुखी, सम्पन्न र समृद्ध बनाउन नसके संघीयताको अर्थ रहदैन । त्यसैले संघीयताको महत्वपूर्ण पक्ष देश विकसित बनाउने र जनता सुखी र समृद्ध बनाउने हो ।
(लेखक नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका उपाध्यक्ष हुन्)
प्रकाशित मिति २०७५ साउन १३

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित