बदलिएको राज्य व्यवस्था, नबदलिएको प्रवृत्ति 

  • प्रकाशित मितिः श्रावण 27, 2077
  • 539 पटक पढिएको
  • संवादताता

विनोद आचार्य–
नेपालको २००७ साल पछिको ७० वर्षको राजनीतिक आन्दोलनको इतिहासमा एकात्मक राजतन्त्रीय शासन व्यवस्था, बौदलीय संवैधानिक राजतन्त्रात्मक शासन व्यव्स्था हुदै संघीय गणतन्त्रात्मक शासन व्यवस्थामा आइपुगेका छौं । राज्य व्यवस्था परिवर्तनसंगै नीति, नेतृत्व सोच चिन्तन योजना परिवर्तन हुनु पर्दछ । हाम्रोमा प्रणाली र नीति मात्र परिवर्तन भयो । नेतृत्व सोच चिन्तन र प्रवृत्ति परिवर्तन भएको छैन । यो नै हाम्रो गतिको बाधक हो, यसलाई बुझ्न राजनीति र राज्यसत्ताको गतिविधि बुझ्न आवश्यक छ ।
राजनीतिमा आफ्नै मुल्यमान्यता छन्, सिद्घान्त निष्ट जनताको सेवा, देशको विकास गर्नु र देशको स्वाभिमानलाई बचाई राख्नु राजनीतिक नेतृत्वको भूमिका हुनु पर्दछ । रँज्यसत्ता संचालन गर्ने राजनीतिक दलले नै हो । हाम्रो राजनीतिमा अपराधीकरण र अपराधीहरुको राजनीतिकरण नै अहिलेको मुख्य समस्या हो । हाम्रो देशका सानादेखि ठूला दलहरुमा मात्रामा धेर–थोर भए पनि यो विषयमा अछुतो छैनन् । राजनीति भनेको सेवा हो, तर हामी नेता र कार्यकर्ताहरुको गतिविधि हेर्दा सेवा होइन पेसा बनाइरहेका छौं । राजनीति सेवा हो भन्ने मान्यता राख्ने नेता कार्यकर्ताहरु न्युन छन् । जनताको सेवा गर्ने कार्यकर्ताको भन्दा नेताको सेवा गर्ने कार्यकर्ताको हाली मुहाली छ, राजनीति बिचार विहीन सिद्घान्त विहीन र नैतिकहीन हुदैं गएको छ । राजनीतिक दलको नेतृत्व व्यवहारिक, नैतिक, र सामाजिक हिसाबले बा“धिन सक्नु पर्दछ वा विश्राम लिनु पर्दछ । यी विषय सच्याउ“नुको सट्टा बढ्वा दिने गतिविधिहरु बढ्दै गएको देखिन्छ । यसले देश र जनताको भविस्य अन्धकार तिर धकेलिन्छ । इतिहास निर्मम हुन्छ भन्ने विषयलाई बुझ्ेरपनि बुझ्पचाएको तथ्य हाम्रो अगाडि छर्ल¨ हुन्छ । इतिहासको माग र समयको आवश्यकतालाई पूरा गर्न नसक्ने वस्तुको अस्तित्व नास हुन्छ । भन्ने वैज्ञानिक मान्यता अनुसार राजनीतिक नेतृत्वको अस्तित्व नास हुन सक्छ । यसतर्फ सचेत रहनु आजको आवश्यकता हो । 
२००७ सालको राणाविरोधी आनदोलन आंशिक सफल भयो, त्यसपछि सरकारको नेतृत्व राणाहरुले नै गरे । २०१५ सालको पहिलो आम निर्वाचन पश्चात बनेको सरकारमा पनि राणाहरुको दब्दबा कायम रह्यो २०१७ सालमा राजा महेन्द्रले कु गरे पश्चात पनि प्रजातान्त्रिक पार्टीको केही हिस्सा सरकारमा सहभागी बने, २०४६ सालको संयुक्त जनआन्दोलन पश्चात संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यव्स्था प्राप्त भयो । आम निर्वाचन, प्रजातान्त्रिक सरकार बन्यो, यी प्रजातान्त्रिक सरकारहरुमा पूर्व पन्चहरुको हालीमुहाली कायम रह्यो । जनयुद्घ गरिरहेको तत्कालीन नेकपा माओवादी र आन्दोलन गरिरहेका ७ दल बीच भएको १२ बुंदे सहमती पश्चात जनयुद्घको जगमा भएको जनआन्दोलन बाट राजतन्त्रको अन्तय, गणतन्त्रको स्थापना, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व संघीयता प्राप्त भयो । देशमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह गरी ३ तहको सरकार निर्वाचित भए । नीति परिर्वतन भयो आंशिक रुपमा नेतृत्व परिवर्तन भयो तर नेतृत्वको सोच चिन्तन र प्रवृत्ति परिवर्तन हुन सकेन । सामन्तवादको अन्त्य भयो, सामन्तवादी सोच, चिन्तन र प्रवृत्ति परिवर्तन नहुनु नै हाम्रो दुर्भाग्य हो । पात्र, प्रवृत्ति र चिन्तन पुरानै नीति सिद्घान्त र व्यवस्था नया“ अगाडि बढ्न सक्छ ? रुढीवादी सोच र सामन्ती चिन्तनले समाजवादी व्यवस्थामा पुग्न सकिन्छ ? संघीय सरकारले प्रदेशलाई र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउ“ने दिशामा जानु पर्नेमा अधिकार कटौती गर्ने तिर लाग्नु, प्रदेश सरकार आत्मनिर्भरतातिर अगाडि बढ्नु भन्दा संघीय सरकारसंग आश्रित हुन खोज्नु र स्थानीय तहका नेतृत्वहरु स्वयत्त स्थानीय तह हुनु भन्दा स्थानीय निकायजस्तो गतिविधि गर्नु जिल्ला समन्व्य समितिहरु आफ्नो अधिकार भुलेर २०४७ सालको संविधान अनुसार जिल्ला सभापति बुझ्नु, धर्म निरपेक्ष मुलुक भए पनि धर्म सापेक्ष व्यवहारहरु परिवर्तन हुन नसक्नु सामाजिक न्याय स्थापित नगर्नु, भौतिक विकासलाई ज्ँँेड दिने मानवीय विकासलाई ध्यान नदिने गतिविधिले हामीलाई समृद्घिको दिशामा लान्छ कि बर्वादिको दिशामा ? यी समस्याले ग्रसित मानसिकता र पश्चगामी सोच चिन्तनले हामीलाई अग्रगतिको दिशामा अगाडि बढ्न सहयोग पुग्छ कि बाधा पु¥याउ“छ ?
अन्तत ः मुलुक यस्तो हुनुमा नेतृत्वहरुलाई मात्र दोष दिएर हामी उम्कन पाउ“दैनौं  धर्मले हामीलाई भक्ति भाव मात्र सिकाउ“छ । भक्तहरुले गुरुको गुनगान मात्र गाउ“ने हो । हाम्रो राजनीतिमा यस्तै भएको छ । पार्टी नेतृत्व राम र कार्यकर्ता हनुमान प्रवृत्तिबाट माथि उठ्न सक्नु पर्दछ । जनताहरुले दास र प्रजाको मानसिकता त्याग्दै २१ औं शताब्दीको सचेत नागरिक भएर खराबलाई खराब र राम्रोलाई राम्रो भन्न सक्ने सचेत जनता हुन सक्नु पर्दछ । जनतालाई नेतृत्वले गरेका गल्तीहरु औल्याउनु, राम्रा कामहरुको प्रसंसा गर्न सक्ने अवस्थामा पु¥याउ“नु राजनीतिक कार्यकर्ताले जिम्मेवारी लिन सक्नु पर्दछ । सरकारलाई मात्र गाली गर्ने आफूचाहि“ कामको नाममा सिन्को पनि नभाच्ने प्रतिपक्षी मानसिकता त्याग्नु पर्दछ । नेताको सेवा गर्ने कार्यकर्ता भन्दा जनताको सेवा गर्ने कार्यकर्तालाई उचित स्थान, नेता कार्यकर्ताको क्षमता अनुसारको जिम्मेवारी दिंदै पार्टी निर्णयप्रति जवाफदेहिता नीति सिद्घान्तप्रति निष्ठा, शहीदले देखेका सपना पूरा गर्ने दृढ्ता, जनतासंग गरिएका प्रतिबद्घताहरुलाई पूरा गर्न इतिहासबाट पाठ सिक्दै, वर्तमानमा लागू गर्दै भविष्यको गन्तब्य निर्धारण गरी अतितमुखी, पश्चगामी, सामन्तवादी प्रवृत्तिलाई त्याग्दै प्रगतिशील र भविष्यमुखी योजनाका साथ अगाडी बढ्नुको विकल्प छैन । हाम्रो सोच चिन्तन प्रवृत्ति परिवर्तन गर्न, इतिहासको आवश्यकता पूरा गर्न र समयको माग अनुसार परिवर्तन हुन सकेनौं भने त्यसपछि आउने परिस्थितिको भागीदार हुनेछौं ।
प्रकाशित मिति २०७७ साउन २७
 

 

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित