नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३०–चौथो जिल्लासभाले हलेसी बृहत गुरुयोजना, दूधकोसी जलविद्युत आयोजना लगायतलाई प्राथमिकतामा राखेको छ । जिल्ला समन्वय समिति खोटाङले असार २९ गते आयोजना गरेको चौथो जिल्लासभाले राष्ट्रिय महत्वका उक्त आयोजनाहरुलाई प्राथमिकतामा राखेको हो ।
विश्वप्रशिद्ध हलेसीको बृहत गुरुयोजना कार्यान्वयन गरी समृद्धि लक्ष्यमा पुग्ने नीति पारित गरेको हो । जिल्लाको समृद्धिका लागि हलेसी महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल भएकाले यसको विकास र प्रबद्र्धन गर्न आवश्य भएको प्रदेशसभा सदस्य रामकुमार राईले बताए । ‘हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको धरोहर हलेसीको विकास गर्न सके जिल्लाले समृद्धि हासिल गर्न सहज हुने छ ।’ राईले भने–‘त्यसैले हलेसीको विकासका लागि गुरुयोजना कार्यान्वयनमा जोड दिनु जरुरी छ ।’
विश्व प्रशिद्ध हलेसीको विकासका लागि विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सम्वन्धित ठाउ“मा पहल गर्नु पर्ने जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संयोजकत्वमा बनेको हलेसीको बृहत गुरुयोजना निर्माण भएको हो ।
गुरुयोजनामा के छ ?
गुरुयोजनामा महादेव गुफा, मन्जुश्री गुफा, किरात ऐतिहासिक उत्पत्तिको थलो तुवाचुङ जायजमुम, होलेसुङ, ककनीडाडा“ लगायतलाई प्राथमिकतामा राखिएको छ । ककनीडाडा“लाई रक गार्डेनका रूपमा विकास गर्ने उल्लेख छ । हलेसी वरिपरि पर्ने भुम्जुडाडा“, खाम्तेलगढी, सल्लेपोखरी, महादेवबेंसी, गुप्तेश्वर गुफा, सत्तेश्वर गुफा, जयराम, जोर्तीघाट लगायतलाई पनि गुरुयोजनामा समावेश गरिएको छ ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराईका अनुसार गुरुयोजनामा हलेसी मन्दिर (गुफा) आसपासको दुई सय मिटर वरिपरिको जग्गा अधिग्रहण गरिने छ । भट्टराईले भने–‘हलेसीको गुफालाई केन्द्र मानेर दुई सय मिटर वृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गरिने छ ।’
हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईका अुनसार यसक्षेत्रमा पर्ने जग्गाधनी तथा सरोकारवाला पक्षसंग छलफल गरेर उचित क्षतिपूर्तिको विषय टुंग्याइने भएको छ । यसका लागि अधिग्रहणमा पर्ने घर, सरकारी तथा निजी जग्गाको वर्गीकरण पनि भइसकेको नगरप्रमुख राईले बताए । राईका अनुसार एक सय ६९ वटा घर टहरा विस्थापित हुने छन् ।
स्थानीयले कब्जा गरेको जग्गाबाट बा“की रहेको गुफा आसपासको २६ रोपनी जग्गाभित्र कुनै पनि संरचना नबनाइने नगरप्रमुख राईले सुनाए । राईका अनुसार हलेसी गुफाको मुखैमा बनाइएका मारतिका छोलिङ गुम्बा समेत व्यवस्थापन गरिने भएको छ । गुम्बाको वजनले कमलो चट्टानले बनेको हलेसी गुफा धरापमा परेकाले यसको व्यवस्थापन गरिने भएको हो । गुफाको भारवहन लगायतका अन्य खतरालाई मध्यनजर गर्दै भूगर्वविद्को परामर्शको आधारमा व्यवस्थापन गरिने नगरप्रमुख राईले सुनाए । यसबाहेक हलेसी मन्दिर, गणेश मन्दिर तथा आसपासका घर तथा हलेसीको प्राकृतिक गुफालाई असर पु¥याउने रूखको समेत उचित व्यवस्थापन गरिने नगरप्रमुख राईले बताए ।
दूधकोसी जलविद्युत आयोजनालाई पनि प्राथमिकता :
जिल्लासभाले दूधकोसी जलविद्युत आयोजनालाई तिब्रता दिने नीति पारित गरेको छ । आयोजना छिटो सम्पन्न गर्न आवश्यक समन्वय गर्ने नीति पारित गरेको जिल्ला सदस्य प्रमुख चाम्लिङले बताए । उक्त आयोजनाले प्रभाव पार्ने सर्वसाधारण तथा वातावरणीय प्रभावबारे समेत समन्वय गर्ने प्रमुख चाम्लिङले बताए ।
खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेसी गाउ“पालिका–३ लामीडाडा“ र ओखलढुङ्गाको चिशङ्खुगढी गाउ“पालिका–६ भदौरेको सिमानामा दूधकोसी नदीस्थित रभुँवाघाटबाट छ सय ३५ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने छ । उक्त आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा राखेको छ ।
उक्त जलविद्युत आयोजनाले एक सय ६२ घर पूर्ण रुपमा डुबानमा पर्ने भएपछि थातथलो छोड्नु पर्दा स्थानीय चिन्तित बनेका हुन् । उक्त आयोजनाले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका नौ सय ८८ घर प्रभावित हुने छन् । यसक्षेत्रका ७६ हजार रोपनी जग्गा डुबानमा पर्ने छ ।
यो आयोजनाको डिपिआरको काम सकिएको छ । यो आयोजना सम्पन्नपछि स्थानीयले रोजगार, पर्यटन विकास लगायतका अवसरहरु हुने भएकाले त्यसको पहिलो प्राथमिकतामा स्थानीय हुने अपेक्षा गरिएको छ । यसका साथै उक्त आयोजनामा स्थानीयको शेयर समेत रहने व्यवस्था मिलाइने भएकाले अझ बढी स्थानीयले फाइदा लिने छन् । उक्त आयोजनाका लागि करिब एक खर्ब ६० अर्ब लाग्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा दूधकोसी आयोजनाका अध्यक्ष कुलमान घिसिङले बताए ।
डिपिआरको काम इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएशन विथ न्युजेक नामक कम्पनीले लिएको हो । यसले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इञ्जिनियरिङ ढा“चा, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम सुरु गरेको थियो । लामीडाडा“को रभु“वाघाटमा एक सय ६० मिटर अग्लो बा“ध हालेर बनाइने जलाशयबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङ मार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गरिने छ ।
रभुँवाघाटमा निर्माण गरिएको बा“धदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा दश, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने अनुमान छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका ८४ घर स्थानीयवासी विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए । जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजनाअन्तरगत ३५ वर्षअघि पहिचान भएको आयोजनाको काम अघि बढाउ“न सिफारिस गरिएको घिसिङले बताए ।
डिपिआरमा के छ ?
दूधकोसी जलविद्युत् आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठका अनुसार आयोजनाले सम्भाव्यता अध्ययन र डीपीआर दुबै सन् २०१६ को जुलाईबाट काम सुरु गरेको थियो । यो काम लगभग तीन वर्षमा काम सकिएको छ । उक्त डिपिआर अनुसार दुई सय मिटर अग्लो र छ सय ३० मिटर लामो ड्याम बा“धेर जलाशययुक्त आयोजना निर्माण गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । जलाशय क्षेत्र १७ किलोमिटर दूधकोसी नदीमा, ठोट्ने खोलामा पा“च दशमलव पा“च किलोमिट, रावाखोलामा आठ किलोमिटसम्म फैलने छ । एक हजार दुई सय पा“च मिटर लामो दुई वटा पक्की डाइभर्सन सुरुङबाट छ सय मेगावाट विद्युत् उत्पादन हुने छ भने ड्यामदेखि तल्लोपट्टीको भागबाट ३५ मेगावाट गरी कुल छ सय ३५ मेगावाट विद्युत् उत्पादन हुने भएको हो ।
एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा सम्भाव्यता अध्ययन र डीपीआर निर्माण भएको हो । आयोजनास्थल मुख्य भार केन्द्र (काठमाडौं) बाट एक सय ६० किलोमिटर दूरीमा छ । आयोजनाका कारण खोटाङ, ओखलढुंगा र सोलुखुम्बु गरी तीन जिल्लाका एक हजार एक सय ५० घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् ।
खोटाङको रावाबेंसी गाउ“पालिका वडा नं १,२,३,४,५,६ र ऐंसेलुखर्क गाउ“पालिकाको वडा नं ४, ५ र ६ प्रभावित हुने भएको हो । त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाको वडा नं ५, ७, ८ र ९ का केही वस्तीहरू समेत प्रभावित हुनेछन्र । ओखलढुङ्गाको चिसङ्खुगढी गाउ“पालिकाको वडा नं १,२, ३, ६ र ८ पनि प्रभावित हुने छ । सोलुखुम्बुको नेचासल्यान गाउ“पालिकाको वडा नं ४ र दूधकौशिका गाउ“पालिकाको वडा नं ३ र ४ पनि प्रभावित क्षेत्रमा परेको प्रतिवेदनमा उल्लेख छ ।
यसअन्तरगत खोटाङका छ सय ५७, ओखलढुङ्गाका चार सय ७९ र सोलुखुम्बुका चार घरधुरीलाई असर पर्ने उल्लेख छ । यसमध्ये एक सय ६२ घरधुरी अति प्रभावित हुने र एक सय आठ घर भने पूरै पानीमुनि हुने डीपीआर निर्माण टोलीका सदस्य प्राध्यापक डाक्टर शम्भु कटेलले बताए । उनका अनुसार खोटाङमा ८१, ओखलढुङ्गामा २५ र सोलुखुम्बुमा दुई घर पर्ने छन् । जलाशयको क्षेत्र १९ दशमलव सात वर्ग किलोमिटर रहनेछ । यसको कुल क्षमता १५८.१ करोड घनमिटर रहनेछर । आयोजना निर्माणको क्रममा अहिले सञ्चालन भइरहेका विभिन्न किसिमका भौतिक संरचनाहरूमा समेत क्षति पुग्नेछ । यसअन्तरगत १२ वटा झोलुंगे पुल, दुई वटा पक्की पुल, छ वटा मन्दिर, दुई वटा लघु तथा साना जलविद्युत, आठ वटा घाट, चार वटा चौतारा मासिने छन्र । एउटा बाल सिकाइ केन्द्र, एउटा सामुदायिक भवनमा समेत क्षति पुग्ने छ ।
प्रभावितमध्ये खोटाङमा ३४ लाख २२ हजार छ सय तीन वर्ग मिटर, ओखलढुंगामा ३५ लाख १२ हजार तीन सय २२ वर्ग मिटर र सोलखुम्बुमा एक लाख ७१ हजार चार वर्ग मिटर जमिन पर्नेछ । आयोजनाको काम सुरु भएपछि प्रभावित क्षेत्रका स्थानीयले उचित मुआब्जा प्राप्त गर्ने गरी व्यवस्था मिलाउ“न सिफारिस गर्ने प्रतिवेदनमा उल्लेख छ । मुआब्जाका लागि जिल्लाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पा“च सदस्यीय मुआब्जा निर्धारण समिति गठन हुने छर । समितिमा मालपोत अधिकारी, आयोजना प्रमुख, सम्बन्धित स्थानीय तहको प्रमुख र परियोजना प्रभावितबाट आमन्त्रित प्रतिनिधि सदस्य हुनेछन् ।
छ लाख बढी रुख नष्ट हुने :
आयोजनका लागि छ लाख २९ हजार आठ सय छ वटा रुख काटिनेछन् । एक हजार सात सय ७१ दशमलव ४९ हेक्टर वन क्षेत्रको आवश्यक भएको मध्ये दुई सय चार दशमलव ७५ हेक्टर अस्थायी कामका लागि प्रयोग हुने आयोजनाको प्रतिवेदनमा उल्लेख छ । यसमा एक सय १४ सामुदायिक, १३ कबुलियती र चार वटा राष्ट्रिय वन पर्ने छन् ।
यसमा रहेका साल, सतिसाल, बुढ्धैरो, सल्ला, खयर, हल्लुंडे, हल्दु, चिलाउ“ने, जामुन, सिमल, सिसौ लगायतका रुख नष्ट हुने छन् । यसमा पोल आकारका १४ लाख ७९ हजार नौ सय ९८ रुख हुने छन् भने रुख आकारका चार लाख ६१ हजार आठ सय छ वटा काटिनेछन् । जडिबुटी बारे भने प्रतिवेदनमा उल्लेख गरिएको छैन ।
वन्यजन्तु, चरा, माछा लगायतलाई समेत असर :
आयोजना कार्यान्वयन गर्दा एक सय ३५ प्रजातिका वन्यजन्तुलाई असर पुग्ने प्रतिवेदनमा उल्लेख छ । यसमध्ये ३५ स्तनधारी, ९६ चरा, १८ सरिश्रृप प्रजातिलाई असर पुग्ने औल्याइएको छ । लोपोन्मुख सालक, दुम्सी, चितुवा, मृग, वन विरालो, स्याल, फ्याउरा, लङ्गुृर, वादर लगायतका वन्यजन्तुलाई असर पुग्ने देखिन्छ । आयोजनाले कालोचिल, वनबाज, मयूर, कोइली, लामपुछ«े लगायतका बसाई“ सराई गर्ने प्रजातिका चराहरु सहित ९६ प्रजातिका चराहरुलाई असर गर्ने प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार आयोजनास्थलमा भएका सुनौलो सहर, बुच्चे असला लगायत छ प्रजातिको माछा विश्व संरक्षण सूचीमा परेका माछा सहित अन्य थुप्रै प्रजातिका माछालाई समेत असर पर्ने डीपीआर निर्माण टोलीका अर्का सदस्य डाक्टर अशेश्वर मण्डलले बताए । आयोजनास्थलमा १६ प्रजातिको माछाहरु नमूनाका लागि सङ्कलन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनास्थलमा उच्च वाध निर्माण गरिने भएकाले जलचरलाई ओहोरदोहोरमा समस्या हुने छ ।
यसबाहेक आयोजनाले जलीय वातावरणमा अल्प तथा दीर्घकालीन असर पर्ने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । पानीमा घुलिएको अक्सिजन घट्ने, कार्वन डाइअक्साइड, मिथेन तथा नाइट्रस अक्साइडजस्ता ग्यासको मात्र बृद्धि हुने सक्ने तर यसले गर्दा पौष्ट्रिक तत्वहरुको मात्र पनि बढ्ने भएकाले यसले विषाक्तस्तरसम्म पुग्न सक्ने खतरा औल्याएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे– खोटाङ, माघ २–हलेसी तुवाचुङ नगरपा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १–जिल्ला अद... ... ...
नमस्ते खोटाङ संवाददाता– मानेभञ्ज्याङ (खोटाङ) पु... ... ...
सविना अछामे–खोटाङ, पुस २९–विद्यार्थी विरामी प... ... ...
सविना अछामे–खोटाङ, पुस २८–अब लेखा परीक्षणको का... ... ...
Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित