नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १९–भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बारापोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनकुमार राईको बैशाख १९ गते दिउसो २ बजेतिर ढकाले खोलाको भिरबाट खसेर मृत्यु भएको हो ।
वडाअध्यक्ष फौदराज राईका अनुसार दिउसो घाँस दाउरामा गएको बेला खुकुरी भिरबाट खसेको र त्यसलाई खोज्ने क्रममा चिप्लिएर करिब ३ सय मिटर तल झरेका हुन् । सुरुमा बमबहादुर राई लडेको र उसले समात्ने क्रममा मनकुमार राईलाई समेत तानेर झारेको हुन सक्ने राईले सुनाएका छन् ।
उनीहरूको शव घटनास्थलमै छ । हुक्नाजोर प्रहरी चौकीका हवल्दार धीरेन्द्र कैवारको टोली घटनास्थल पुगेका छन् भने चिसापानीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय लामिछाने पनि घटनास्थलमा आउदै गरेको वडाअध्यक्ष राईले सुनाएका छन् । कसरी घटना घटेको भन्ने बारे अनुसन्धानपछि मात्र जानकारी आउने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु विष्टले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित