मान्सुङ चाम्लिङ–
हलेसी (खोटाङ) असार २७–विश्वप्रशिद्ध हलेसी विकासका लागि गतिविधि तिब्र पारिएको छ । यसका लागि कार्ययोजना तयारी गरी गतिविधि सुरु गरिएको हो ।
यसअन्तरगत विकास समितिको वर्तमान अवस्था, हलेसी अवलोकन, जनप्रतिनिधिहरु र स्थानीयहरुसंग छलफल लगायतको गतिविधि भइरहेको हलेसी विकास समितिका निर्देशक समर भुजेलले बताए । अवलोकन भ्रमणको क्रममा नेकपाका नेता, पूर्व सांसद तथा हलेसी विकास समितिका अध्यक्ष टंक राईले त्रिधार्मिकस्थल हलेसीलाई प्रकृतिमैत्री वातावरण व्यवस्थापन गर्न आवश्यक समन्वय गर्न थालिएको बताए । यसका लागि हलेसी गुरुयोजना अनुसारै सबैले अपनत्व ग्रहण गर्ने गरी दोश्रो चरणमा स्थानीय समुदायसंग, हलेसी बजार समिति, आमा समूह र भजन समूहसंग छलफल गरिने अध्यक्ष राईले बताए । अलोकनमा हलेसी तुवाचुङ नगरपालिका–७ का वडा अध्यक्ष चइन्द्र राई, जनप्रतिनिधि डिल्ली राई, कार्यसमिति प्रमोद गिरी, युवा नेताद्वय लङ्क राई, सर्वधन बस्नेत, समाजसेवी मङ्गल परियार तथा पूजारी गोपाल गिरी लगायत स्थानीय सहितको सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित