हलेसी विकास समितिका अध्यक्ष राईद्वारा पदभार ग्रहण, त्यस लगत्तै बसेको बैठकले विभिन्न निर्णय ग¥यो

  • प्रकाशित मितिः असार २०, २०७७
  • 1558 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २०–पूर्व सांसद तथा नेकपाका नेता टंक राईले हलेसी विकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् । राईले असार १९ गते उक्त समिति अध्यक्ष पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । उक्त निर्णय अनुसार हलेसी त्रिभार्मिक स्थल भएकाले एक वर्षभित्र ऐतिहासिक, सांस्कृतिक, धार्मिक हिसाबले पुष्टि गर्ने खोज अनुसन्धान गरी त्रिधार्मिक सोधग्रन्थ तयारी गर्ने निर्णय गरिएको छ । यसलाई मुलग्रन्थको रुपमा मानेर अगाडि बढ्ने योजना बनाइएको छ । हलेसीमा किरातीहरुको चुला घर निर्माण गर्ने, किरातीहरुको उभौली, उधौली हलेसी विकास समितिले आयोजना गर्ने, हिन्दूधर्मले मनाउ“दै आएको चाडहरुलाई निरन्तरता दिंदै किरात, बौद्ध धर्ममा आधारित चाडपर्वहरु मनाउने, विकास समितिको मातहमा रहने गरी हिन्दू, बौद्ध र किरात संस्कृति अनुसार पूजा व्यवस्थापन समिति गठन गरेर पूजा आराधना गर्ने निर्णय गरिएको छ ।
यसबाहेक हलेसीमा रहेको भूगोललाई भौगर्भिकहरु विज्ञहरु मार्फत गुफामा भइरहेको परिवर्तन, वनस्पति, पानी लगायत प्राकृतिक सम्पदाको अध्ययन गरी यसको दीर्घकालीन रुपमा संरक्षण गर्ने निर्णय गरिएको छ । हलेसीमा आउने तीर्थालुको सेवाका लागि हलेसी विकास समितिले पर्यटक गाइडको तालिम दिने समेत निर्णय गरिएको छ । हलेसीस्थित सबै धर्म गुरुहरु तथा समितिहरुसंग छलफल गरेर उक्त धार्मिक स्थलहरुमा के गर्न हुने, के गर्न नहुने भन्ने विषयमा छलफल गरेर तीन धर्मबीचमा विवाद नआवोस भन्नका लागि आचारसंहिता तयार गरी आवश्यक समन्वय गर्ने, वार्षिक रुपमा तीनवटै धर्महरुसंग सम्बन्धित क्यालेण्डर प्रकाशन गरी धर्महरु अनुसारको पूजा, पाठ तालिका, मेला, धार्मिक पर्वहरुको सूचना सूची तयार पार्ने निर्णय गरिएको छ । सबै राजनीतिक दलहरुसंग आवश्यक परामर्श गरेर सुझाव संकलन गर्ने निर्णय गरिएको छ । यसमध्ये सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसंग छलफल अगाडी बढाई सकिएको अध्यक्ष राईले सुनाए । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलसंग भने परामर्श गर्न बा“की रहेको राईले जनाए ।
त्यस्तै सरकारी निकायहरु संघीय, प्रदेश र स्थानीय सरकारसंग आवश्यक छलफल, परामर्श, सुझाव संकलन तथा समन्वय र सहकार्य गर्ने निर्णय भएको छ । अन्य सरोकारवाला संघसंस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, होटल व्यवसायी संघ, विभिन्न आमा समूहहरु, नागरिक समाज, विभिन्न जातजातीय संगठनहरु, सामुदायिक वन उपभोक्ता समूह, गैरसरकारी संस्था महासंघ, शिक्षक संगठन, कर्मचारी संगठन लगायत सबैसंग आवश्यक छलफल, परामर्श तथा सुझावहरु संकलन गर्दै समन्वय र सहकार्य गर्दै जाने निर्णय गरिएको छ ।
पूजा सामग्री व्यापारी समूहहरु, बत्तीघर समूह लगायतसंग आवश्यक परामर्श, समन्वय र सहकार्य गर्ने, धार्मिक पर्यटकीयस्थल लुङ्टोबुङाटो (ककनीडाडा“)को विकासका लागि स्थानीयहरुसंग आवश्यक छलफल गरी समन्वय एबम् सहकार्य गर्ने, हलेसी विकास समितिमा जनशक्तिको आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापन गर्ने, भैरवकुण्डमा बहिरहेको पानीलाई आवश्यक व्यवस्थापन गर्ने, विकास समितिको महत्व र यसलाई संघीय सरकार मातहत राखिएको बारेमा सबैलाई जानकारी गराउने लगायतको निर्णय गरिएको छ । बैठकमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, हलेसी तुवाचुङ नगरपालिका–७ का वडाअध्यक्ष चयन्द्र राईको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित