दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फेरि अर्का एक जनालाई पनि कोरोना पुष्टि

  • प्रकाशित मितिः असार १९, २०७७
  • 1061 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अर्का एक जनालाई पनि कोरोना पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले असार १८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का ३० वर्षीय युवामा कोरोना भएको पुष्टि गरेको हो ।
जिल्ला अस्पतालका चिकित्सक शैलेष श्रेष्ठका अनुसार ती युवालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । उनलाई धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको छ । संक्रमित युवा बहराइनबाट आएका हुन् । उनी सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पा“च जना र ऐसेलुखर्कमा एक जना गरी जिल्लामा छ जनालाई कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित